नेभिगेशन
अर्थतन्त्र

आर्थिक वृद्धिलाई सहयोग पु-याउन राष्ट्र बैंक प्रतिबद्ध

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले आर्थिक स्थायित्व कायम गर्दै मुलुकमा दिगो र समावेशी आर्थिक वृद्धिलाई सहयोग पु¥याउन नेपाल राष्ट्र बैंकको प्रतिबद्ध रहेको बताएका छन् ।
७१औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले सरल, नियमन, प्रभावकारी सुपरिवेक्षण, नीतिगत सुधार तथा प्रविधिमैत्री वित्तीय प्रणालीमार्फत मुलुकको आर्थिक समृद्धिमा योगदान पु¥याउने बंैककोे प्रयास रहेको बताए । उनका अनुसार पश्चिम एसियाको युद्धले समग्र अर्थतन्त्र र वित्तीय क्षेत्रमा पार्ने प्रभावको नियमित अध्ययन गरी सजग रहन आवश्यक छ । गभर्नर पौडेलले गत आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदनअनुसार विश्व अर्थतन्त्रको अवस्थाबारे समीक्षा गरे ।
प्रतिवेदनमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को २०२६ अप्रिलका अद्यावधिक वल्र्ड इकोनोमिक आउटलुक (डब्लूईओ) का अनुसार विश्व अर्थतन्त्र बढ्दो अनिश्चितता र जोखिममा रहेको जनाइएको छ । पश्चिम एसियामा जारी भूराजनीतिक तनाव र यसबाट सिर्जित आपूर्ति अवरोध र इन्धनको मूल्य उतारचढावले विश्व अर्थतन्त्र प्रभावित भएको उनले बताए ।
कार्यक्रममा पूर्वगभर्नर डा. युवराज खतिवडाले देशको अर्थतन्त्रलाई बलियो बनाउने आधार आन्तरिक उत्पादन नै भएको धारणा राखे । उनले बाहिरी स्रोतले केही आर्थिक स्थितिमा सुधार देखिए जस्तो लागे पनि वास्तवमा त्यो दीर्घकालीन नभएको बताए । ‘देशको अर्थतन्त्र मोटाएको छैन, सुन्निएको हो,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्