नेभिगेशन
अर्थतन्त्र

सम्पत्ति शुद्धीकरणको महानिर्देशकमा ढकाल

काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सहसचिव निर्मल ढकाललाई नियुक्त गरेको छ । अर्थ मन्त्रालयले मंगलबार ढकाललाई विभागको महानिर्देशक नियुक्त गरेको हो । 
यसअघिका महानिर्देशक गजेन्द्र ठाकुर अर्थ मन्त्रालय तानिएपछि ढकाललाई नियुक्त गरिएको हो । ठाकुरलाई वैशाख १० गते मन्त्रालय तानिएको थियो । पक्राउ परेका विचौलिया दीपक भट्ट र शंकर समूहको लगानी रहेको हिमालयन रि–इन्स्योरेन्स कम्पनीमा महानिर्देशक ठाकुरको श्रीमतीको पनि शेयर कारोबार रहेको खुलेपछि गत बिहीबार ठाकुरलाई मन्त्रालय तानिएको थियो । नवनियुक्त महानिर्देशक ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकको जिम्मेवारीमा थिए ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्