नेभिगेशन
अर्थतन्त्र

मनास्लु र ल्होत्से आरोहणको ७० वर्षको अवसरका विशेष कार्यक्रम

काठमाडौं । विश्व पर्वतारोहण इतिहासका दुई महत्वपूर्ण शिखर मनास्लु र ल्होत्सेको पहिलो सफल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा नेपालले सन् २०२६ भरि ‘प्लाटिनम जुबिली’ विशेष कार्यक्रमका साथ मनाउने भएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघको संयुक्त आयोजनामा हुने कार्यक्रमले ऐतिहासिक उपलब्धिको स्मरणमात्र होइन, नेपाललाई विश्व पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।
नेपाल पर्यटन बोर्डमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत विविध कार्यक्रम गरिने जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा स्विस दूतावासका म्याक्सिमिलियन रिट्जम्यान तथा जापान दूतावासका पुरब कायस्थसहित कूटनीतिक प्रतिनिधिहरूको उपस्थिति थियो । सन् १९५६ मा मनास्लु र ल्होत्से दुवै हिमाल पहिलो पटक सफलतापूर्वक आरोहण गरिएको थियो । मनास्लु हिमाल सन् १९५६ मे ९ मा जापानी अभियान टोलीसँगै नेपाली आरोही उर्केन छिरिङ शेर्पाले सफल आरोहण गरेका थिए भने ल्होत्से हिमाल स्वीस पर्वतारोही अन्स्र्ट राइस र फ्रिट्ज लुक्सिङ्गरले पहिलो पटक आरोहण गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्