नेभिगेशन
अर्थतन्त्र

सुविसुद्वारा वाइफाई ६ प्रविधि आरम्भ

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवाप्रदायक सुविसु लिमिटेडले अत्याधुनिक वाइफाई ६ प्रविधिमा आधारित नयाँ पुस्ताको इन्टरनेट सेवा सार्वजनिक गरेको छ । यससँगै कम्पनीले नेपालमै पहिलो पटक इन्टरनेट सुरक्षालाई मुख्य सेवाको रूपमा समावेश गर्दै ‘सुरक्षित इन्टरनेट–सुविसुको सुरक्षा’को नवीन अवधारणा ल्याएको छ ।
नेपालमा वाइ–फाइ ६ प्रविधि उपलब्ध भए पनि सुरक्षालाई विशेष प्राथमिकता दिँदै उच्चस्तरको सुरक्षित इन्टरनेट अनुभव प्रदान गर्ने सुविसु नेपालकै पहिलो संस्था बनेको छ ।
 वाइफाई ६ प्रविधिले उच्च गतिको इन्टरनेट अनुभव प्रदान गर्नुका साथै उत्कृष्ट वाइफाई पहुँच र एकै समयमा धेरै उपकरणलाई सहज रूपमा जडान गर्ने क्षमता राख्छ ।
यसले सुनिश्चित गर्दै प्रयोगकर्तालाई निरन्तर र सहज अनलाइन अनुभव प्रदान गर्छ, साथै उपकरणहरूको ब्याट्री बचत गर्न पनि मद्दत गर्दछ । यो एक विशेष सुरक्षा तह हो, जसले इन्टरनेट प्रयोगकर्तालाई हानिकारक वेबसाइट, साइबर जोखिम र अनधिकृत पहुँचबाट सुरक्षित राख्छ । यसले व्यक्तिगत गोपनीयता र तथ्यांक सुरक्षा सुनिश्चित गर्दै परिवार तथा व्यावसायिक प्रयोगका लागि सुरक्षित ब्राउजिङ वातावरण निर्माण गर्छ ।
‘डिजिटल युगमा केवल तीव्र इन्टरनेट मात्र पर्याप्त छैन,’ सुविसुका उपाध्यक्ष रामकृष्ण परियारले भने, ‘हामीले ग्राहकलाई तीव्र गतिको मात्र नभई सुरक्षित इन्टरनेट अनुभव पनि प्रदान गर्ने लक्ष्य राखेका छौं ।’ वाइफाई ६ र सुरक्षित इन्टरनेटको संयोजनमार्फत सुविसुले नेपालमा इन्टरनेट सेवाको नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्