नेभिगेशन
अर्थतन्त्र

‘धेरै कृषिजन्य वस्तुमा मुलुक आत्मनिर्भर हुनसक्छ’ : रविन पुरी,  कार्यकारिणी सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ

नेपालमा कृषिको अपार सम्भावना हुँदाहुँदै पनि हामीले त्यसको पूर्ण उपयोग गर्न सकेका छैनौँ । फलस्वरूप अझै पनि धेरै कृषिजन्य वस्तुहरू आयात गर्नुपर्ने अवस्था छ । म आफैं पोल्ट्री व्यवसायसँग सम्बन्धित छु, जहाँ हामीले अण्डा र कुखुराको मासुमा केही हदसम्म आत्मनिर्भरता हासिल गरेका छौँ । तर, आत्मनिर्भरता कायम राख्न अझै पनि थुप्रै चुनौतीहरू छन् । यदि यी समस्या समाधान गर्न सकियो भने अन्य धेरै कृषि उपजहरूमा समेत आत्मनिर्भर बन्न सकिने सम्भावना छ, जसले आयात घटाउन ठूलो मद्दत पु¥याउनेछ । देशमा दुई तिहाइको सरकार बनेसँगै हामी निजी क्षेत्र उत्साहित छ । विशेषगरी कृषिक्षेत्रमा देखिएको प्रमुख समस्या अवैध आयात तथा चोरी, तस्करी हो, जसका कारण किसानले आफ्नो उत्पादन लागत अनुसार उचित मूल्य पाउन सकेका छैनन् । सरकारले यसमा कडाइका साथ नियन्त्रण गर्ने प्रयास गरिरहेको देखिन्छ, जसलाई हामी सकारात्मक रूपमा लिन्छौँ ।
हाम्रो टिमको कुरा गर्दा, हामीले कृषि, निर्यात, पर्यटन, ऊर्जा लगायत सबै प्रमुख क्षेत्रहरूलाई समेटेर १४ जना सदस्यहरूको समावेशी समूह बनाएका छौँ । केही समूहहरूमा एउटै क्षेत्रबाट धेरै उम्मेदवार हुने अवस्था देखिन्छ, तर हाम्रो टिमले भने सबै क्षेत्रलाई सन्तुलित रूपमा प्रतिनिधित्व गरेको छ ।
हाम्रो टिमबाट शिवप्रसाद घिमिरे उपाध्यक्षका रूपमा उम्मेदवार हुनुहुन्छ भने अञ्जन कुमार श्रेष्ठजस्ता सफल युवा उद्यमीहरूको समेत समर्थन रहेको छ । हामी सबै मिलेर उद्योगी, व्यवसायीहरूको हक–हितका लागि एकजुट भएर काम गर्ने दृढ प्रतिबद्धताका साथ अघि बढिरहेका छौँ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्