नेभिगेशन
अर्थतन्त्र

‘सबै क्षेत्रमा पारदर्शिता र इमानदारी चाहिन्छ’ : युवबहादुर मगर अध्यक्ष, नेपाल बायोग्यास प्रवर्द्धन संघ

नेपालको लोकतान्त्रिक प्रणालीले सबै क्षेत्र, वर्ग र समुदायलाई समेटेको छ । तर, व्यवहारमा त्यसको पूर्ण कार्यान्वयन अझै प्रभावकारी हुन सकेको छैन । अहिले राज्य सञ्चालनको सन्दर्भमा युवा नेतृत्व र समावेशी मोडेलको चर्चा भइरहेको छ। हाम्रो टिम पनि त्यही सोच र ढाँचामा आधारित छ । म स्वयं मगर समुदायबाट प्रतिनिधित्व गर्छु, जुन नेपालमा करिब ७ प्रतिशत जनसंख्या भएको दोस्रो ठूलो जनजाति समुदाय हो । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा हाम्रो समूहबाट मगर समुदायको प्रतिनिधित्व गर्दै म पहिलो उम्मेदवारको रूपमा अघि बढेको छु । हाम्रो टिम पूर्ण रूपमा समावेशी छ, जसमा जातीय, भौगोलिक, पेसागत, ऊर्जा तथा युवा प्रतिनिधित्व सबै पक्ष समेटिएका छन् । बायोग्यास, वैकल्पिक ऊर्जा लगायतका क्षेत्रदेखि लिएर सबै व्यवसायिक क्षेत्रलाई सन्तुलित रूपमा समेटिएको छ । हामी आधुनिक डिजिटल युगमा राज्यसँग हुने सेवा, सुविधा आदानप्रदानदेखि निजी क्षेत्रको विकाससम्म सबै क्षेत्रमा पारदर्शिता र इमानदारी कायम गर्न प्रतिबद्ध छौँ । राज्यसँग हाम्रो अपेक्षा भनेको नीतिगत समस्याहरूलाई सूक्ष्म रूपमा पहिचान गरी समाधान गर्नु, व्यवसायलाई सहज बनाउनु र सहजीकरण गर्नु हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्