नेभिगेशन
प्रदेश

कन्फेडेरेसन कलेजको IERIN को ‘मिट एन्ड ग्रिट’ कार्यक्रम सम्पन्न

ललितपुर । नेपाल अन्तर्राष्ट्रिय शिक्षा  प्रतिनिधि पहल (IERIN) ले कन्फेडेरेसन कलेज, थन्डर बे, ओन्टारियो, क्यानडा सँग विशेष मिट एन्ड ग्रिट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रम सोमबार पुल्चोकस्थित स्क्वायर होटल, ललितपुरमा आयोजना गरिएको थियो।

कार्यक्रममा नेपालका शैक्षिक परामर्शदाता, अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य नेपाली शिक्षा प्रतिनिधिहरूलाई क्यानडाका प्रतिष्ठित शैक्षिक संस्थासँग जोड्दै सहकार्य र अवसर विस्तार गर्नु रहेको आयोजकले जनाएको छ।

कार्यक्रमको उद्घाटन गर्दै IERIN का अध्यक्ष योगेश क्षेत्री ले उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई स्वागत गरेका थिए। उनले यस्ता कार्यक्रमले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा कार्यरत प्रतिनिधिहरूलाई विश्वस्तरीय संस्थासँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गर्ने बताए। साथै, IERIN ले शिक्षा क्षेत्रका व्यवसायिक विकास र अन्तर्राष्ट्रिय सहकार्य विस्तारका लागि निरन्तर यस्ता कार्यक्रम आयोजना गर्दै आएको उल्लेख गरे।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा कृष्ण कुमार पाई, इन्टरनेशनल रिक्रुटमेन्ट एड्भाइजर–साउथ एसिया, कन्फेडेरेसन कलेज ले कलेजसम्बन्धी विस्तृत पावर पोइन्ट प्रेजेन्टेसन प्रस्तुत गरेका थिए। उनले कलेजका शैक्षिक कार्यक्रम, क्याम्पस सुविधा, विद्यार्थी सहयोग सेवा, छात्रवृत्ति अवसर तथा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भर्ना प्रक्रिया सम्बन्धी जानकारी दिएका थिए। साथै सहभागीहरूको जिज्ञासामा आवेदन प्रक्रिया, भिसा प्रक्रिया तथा क्यानडामा अध्ययनपछिको करियर अवसरबारे समेत प्रस्ट पारे।

यस अवसरमा माइन्डफुल एजुकेसनका संस्थापक तथा निर्देशक एवं IERIN सदस्य अशोक शाही ले यस्ता अन्तरक्रियात्मक कार्यक्रमको महत्वबारे धारणा राखेका थिए। उनले अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग प्रत्यक्ष संवादले शिक्षा व्यवसायीहरूलाई अद्यावधिक जानकारी प्राप्त गर्न र विद्यार्थीलाई गुणस्तरीय अध्ययन अवसरतर्फ मार्गदर्शन गर्न सहयोग पुग्ने बताए।

कार्यक्रमको अन्त्यमा IERIN अध्यक्ष योगेश क्षेत्री ले कृष्ण कुमार पाईलाई मायाको चिनो प्रदान गर्दै धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रमलाई माइन्डफुल एजुकेसन ले सहकार्य गरेको थियो भने जुपिटर मिडिया आधिकारिक मिडिया पार्टनरका रूपमा रहेको थियो।

यस कार्यक्रमको सफल आयोजनाले IERIN ले नेपालमा अन्तर्राष्ट्रिय शिक्षा सहकार्यलाई थप सुदृढ बनाउन खेलेको भूमिकालाई पुनः स्थापित गरेको आयोजकको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्