नेभिगेशन
राजनीति

चौथो वरियताका डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो ।

नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई छाडेर रोलक्रमको चौथो वरियतामा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना हो । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा उनी नेपालको ३३औँ प्रधानन्यायाधीश बन्नेछन् ।

वि.सं. २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका शर्मा अनुमोदन भएमा पूर्ण ६ वर्षे कार्यकालका लागि प्रधानन्यायाधीश रहने बाटो खुल्नेछ ।
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठतम् न्यायाधीश कुमार रेग्मी र हरि फुयाँललाई पछि पार्दै संवैधानिक परिषद्ले शर्मा प्रधानन्यायाधीशका लागि प्रस्ताव गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्