नेभिगेशन
अर्थतन्त्र

लक्ष्मी सनराइज र आईएफसीबीच सहकार्य

काठमाडौं । लक्ष्मी सनराइज बैंकले विश्व बैंक समूहअन्तर्गतको निजी क्षेत्रीय इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) सँग बैंकिङ अन वुमन पहलअन्तर्गत ग्लोबल डब्लूएमएसएमई सेक्स डिसएग्रिगेटेड डाटा सहकार्य सम्झौता गरेको छ । कार्यक्रमलाई महिला उद्यमशीलता प्रवर्धनका लागि स्थापित बहुपक्षीय अन्तर्राष्ट्रिय पहल वुमन आन्टरप्रेनर्स फाइनान्स इनिसिएटिभले सहयोग गरिरहेको छ ।
इनिसिएसटिभ विश्वभरका महिला नेतृत्व तथा स्वामित्व भएका साना तथा मझौला उद्यममा लगानी तथा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको बहुदातृ अन्तर्राष्ट्रिय प्लेटफर्म हो । यसअन्तर्गत सञ्चालन हुने वुमन आन्टरप्रेनर्स फाइनान्स कोड वित्तीय संस्था, नियामक निकाय तथा वित्तीय प्रणालीसँग आबद्ध सरोकारवाला बीचको साझा प्रतिबद्धता हो, जसले महिला उद्यमीलाई आवश्यक वित्तीय स्रोत उपलब्ध गराई आर्थिक वृद्धि र रोजगारी सिर्जनामा योगदान पु¥याउने लक्ष्य राख्छ।
यससम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज बैंकका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई तथा आईएफसीका दक्षिण एसियाका क्षेत्रीय मेहदी चेरकाउईले हस्ताक्षर गरेका छन् । यस सहकार्यअन्तर्गत आईएफसीले बैंकलाई लैंगिक आधारमा विभाजित तथ्यांक संकलन, विश्लेषण तथा उपयोग प्रक्रिया सुदृढ बनाउन सहयोग गर्नेछ । यसले महिलाको स्वामित्वमा रहेका साना तथा मझौला उद्यमहरूका आवश्यकता, चुनौती तथा अवसरबारे बुझाइको विकास गर्न मद्दत गर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्