नेभिगेशन
अर्थतन्त्र

विद्यालयलाई काठमाडौं मेरियटको सहयोग

काठमाडौं । समुदायलाई अर्थपूर्ण सहयोग गर्ने उद्देश्यले एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेडअन्तर्गत सञ्चालनमा रहेको काठमाडौं मेरियट होटलले सरकारी विद्यालयलाई विज्ञान प्रयोगशाला र विद्यार्थीका लागि लन्च बक्स प्रदान गरेको छ । उक्त सहयोग कमलपोखरीस्थित कमल आधारभूत विद्यालयका विद्यार्थीलाई गरिएको हो ।
कार्यक्रममा एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेडका सञ्चालकले व्यक्तिगत रूपमा विद्यालय प्रशासनलाई विज्ञान प्रयोगशाला हस्तान्तरण गरे । कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा काठमाडौं मेरियट होटलका प्रतिनिधिको उपस्थिति थियो ।
विज्ञान प्रयोगशालाको उपलब्धता विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धितर्फको महत्वपूर्ण कदम हो । आवश्यक विज्ञान सामग्रीसहितको प्रयोगशालाले विद्यार्थीलाई पाठ्यपुस्तकमा सीमित ज्ञानभन्दा बाहिर निस्केर प्रयोगात्मक सिकाइमा सहभागी हुने अवसर दिन्छ, जसले जिज्ञासा वृद्धि गर्दै वरपरको संसारप्रति गहिरो बुझाइ विकास गर्न सहयोग पु¥याउँछ । कार्यक्रममा होटलका अध्यक्ष शशीकान्त अग्रवालले समुदायलाई योगदान गर्नु होटलको मूल मान्यताहरूमध्ये एक भएको उल्लेख गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्