नेभिगेशन
अर्थतन्त्र

कर्जाको माग घट्दा अर्थतन्त्रमा संकुचनः अन्जन श्रेष्ठ, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

नेपालको अर्थतन्त्रमा बैंक तथा वित्तीय क्षेत्रमा निजी क्षेत्रबाट कर्जाको डिमाण्ड बढ्न सकेको छैन । सर्वसाधारण जनताको क्रयशक्तिमा पनि कमी भएको छ । अब गर्नुपर्ने कुरा के हो भने क्यापिटल फर्मेसन हुने किसिमले सरकारले काम गरिदिनुप¥यो, मनी सप्लाई बढाइदिनु प¥यो । कर्जाको डिमाण्ड बढ्न सकेन भने अर्थतन्त्र विस्तार हुन सक्दैन । कर्जाको माग बढाउन निजी क्षेत्र मैत्री निति नियम र लगानी मैत्री वातावरण हुनुपर्छ । लगानीलाई आकर्षित गर्ने खालको वातावरण बनाउन सरकार र निजी क्षेत्र बीच सहकार्य र विश्वासको वातावरण निर्माण हुनुपर्छ ।
निर्माणमैत्री निति नियम र वातावरण भएको अवस्थामा मात्र लगानी आर्कर्षित हुन सक्छ । अहिले उद्यमी व्यवसायीलाई एक किसिमको त्रासको अवस्था छ । त्रास र असुरक्षाको अवस्थामा लगानी विस्तार हुन सक्दैन । छानबिन गर्ने कुरा चाहिँ नि गोप्य राख्नुपर्ने कुरा हो । तर, गोप्य नराखीकन यो फ्ल्यास गरिदिने, अलिकति छानबिन चुहाइदिने, मिडिया ट्रायल गर्ने किसिमले जुन काम भइरहेको छ, त्यसले गर्दा व्यवसायीलाई एउटा हतोत्साहित बनाउने काम भइरहेको छ । विश्वव्यापी रूपमा पनि यस्तो फाइनान्सियल इरेगुलारिटिजहरूमा चाहिँ फाइन तथा आर्थिक कारबाही गर्न सकिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्