नेभिगेशन
अर्थतन्त्र

लगानीमैत्री वातावरण र नीति आवश्यकः चन्द्रप्रसाद ढकाल, निवर्तमान अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

अघिल्लो वर्ष बैंक तथा वित्तीय संस्थाको ब्याजदर डबल डिजिटमा थियो, बैंकमा लिक्विडिटीको क्राइसिस थियो । हामीले पदबहाली गरेकै भोलिपल्ट वास्तवमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट चाहिँ निजी क्षेत्रलाई हेर्नुपर्छ भन्ने अध्यादेश आएर अगाडि बढाएको थियो । निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ भनेर हामीले सुरुको दिन देखि नै कुरा गरेका थियौँ । अख्तियारको इस्युमा हामीले सबै राजनीतिक दल, सरकार र राज्य व्यवस्था समितिलाई कन्भिन्स गरेर निजी क्षेत्र अख्तियारको दायरामा पर्नु हुँदैन सरकारलाई पटक पटक कुरा राखेका थियौँ ।  यो  सरकारी आयोजना जस्तै प्रक्रिया र पेपरमा मात्र जाने हुन्छ, व्यावसायिक एक्टिभिटीहरूलाई निरुत्साहित हुन्छ भन्ने हिसाबले कन्भिन्स गरेर त्यो पनि गरियो ।
बाइल्याटरल इन्भेस्टमेन्ट एग्रिमेन्टको लागि लबिङ गरियो, त्यो पनि क्याबिनेटबाट पास भएर अहिले दुई देशबिच इन्भेस्टमेन्टको कुराहरू भइरहेको छ । उद्योग वाणिज्य महासंघकै पहलमा १० अर्बको एउटा कम्पनी सुरु गरेका छौँ जहाँ ७७ वटै जिल्लाका इन्भेस्टरहरू त्यसमा आएका छन् । आउने सरकारले स्टेबल पोलिसीहरू बनाउँदा आगामी दिनमा लगानीको वातावरण बन्छ भन्ने मेरो भनाइ छ । लगानी विस्तारको लागि सरकारले लगानीमैत्री वातावरण बनाउन आवश्यक छ । लगानीमैत्री वातावरण निर्माण भएको अवस्थामा मात्र अर्थतन्त्र चलायउमान बन्न सक्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्