नेभिगेशन
अर्थतन्त्र

उत्पादशील कर्जाको विस्तार हुन सकेनः नरबहादुर थापा, अर्थविद्

बैंक तथा वित्तीय क्षेत्रबाट उत्पादशील कर्जा विस्तार हुन सकेको छैन । सरकारको पुँजीगत खर्च बढ्न नसक्दा लगानी संकुचित भएको अवस्था छ । निर्माण क्षेत्रले पनि कर्जा विस्तार गर्न सकेको छैन । कर्जाको विस्तार हुन सकेन भने अर्थतन्त्र संकुचित हुन पुग्छ । त्यसैगरी सरकारको पुँजीगत खर्च निकै निराशाजनक रहेको छ । सरकारले विकास निर्माणमा पुँजीगत खर्च गर्न नसक्दा अर्थतन्त्र दबाबमा परेको हो । विकास निर्माणको क्षेत्रमा सरकारले खर्च गर्न सकेको अवस्था छैन । 
निर्माण व्यवसायीहरुले निर्माण क्षेत्रमा संकटकालको घोषणा गर्नुपर्ने माग गरेका छन् । मुलुकको तीनै तहको सरकारको विकास निर्माण कार्यमा खर्च निराशाजनक रहेको छ । तीनै तहको सरकारको विकास निर्माणमा खर्च हुन नसक्दा नेपाल राष्ट्र बैंकको ढुकुटीमा ३ खर्ब ७७ अर्व रुपैया मौज्दात रहेर बसेको छ । बैंकमा तरलता थुप्रिएको छ तर अर्थतन्त्रमा लगानी हुन सकेन । यसले समग्र अर्थव्यवस्थामा संकुचन ल्याएको छ ।
कर्जाको प्रवाह बढाउन सकियो भने अर्थतन्त्र चलायमान हुन सक्छ । अर्थतन्त्रमा कर्जाको डिमाण्ड बढाउनुपर्छ । कर्जाको डिमाण्ड बढाउनको लागि सरकार र निजी क्षेत्र दुवैमा सहकार्य आवश्यक छ । निजी क्षेत्रको लगानी उकास्ने गरी सरकार र राष्ट्र बैंकले काम गर्नुपर्ने हुन्छ । कर्जाको मागमा सुधार गर्ने खालको कार्यक्रम र योजना बजेटमा आउनुपर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्