नेभिगेशन
अर्थतन्त्र

बैंक तथा वित्तीय संस्था लगानीमैत्री भएनन् : दिनेश श्रेष्ठ, पूर्वउपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

बैंक तथा वित्तीय क्षेत्रबाट कर्जाको माग बढन सकेको छैन । उद्योगधन्दामा लगानी विस्तार हुन सकेको छैन । उद्योग धन्दा विस्तार हुन नसक्दा पनि कर्जाको डिमाण्ड बढ्न नसकेको हो । युवा शक्तिको पलायन भएको हु“दा पनि बजारमा माग बढ्न नसकेको हो । कर्जाको माग बढ्न नसक्दा अर्थतन्त्र खुम्चिएको छ । अर्थतन्त्रमा कर्जाको डिमाण्ड भएन भने बजार संकुचित हुन्छ र लगानी विस्तार हुन सक्दैन ।
युवाले बढी उपभोग गर्ने हुँदा चौतर्फी माग सिर्जना हुन्छ तर ठुलो संख्यामा युवा बाहिरिएका छन् । बाहिरिने क्रम निरन्तर बढेको छ । जसका कारण पनि बजारमा माग बढ्न सकेको छैन । बजारमा माग सिर्जना नभएपछि उद्योगीले लगानी बढाउन सक्दैनन् । उपभोग्य वस्तुले बजार नपाउने भएपछि उत्पादन गर्ने कुरा पनि हुँदैन । उत्पादन घटेको स्थितिमा उद्योगीले कर्जा माग गर्दैनन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्