नेभिगेशन
मनोरञ्जन

माइकल चार्ट नम्बर एकमा

माइकल ज्याक्सनले बेलायती एल्बम चार्टको नम्बर एक स्थानका लागि भएको प्रतिस्पर्धामा आयरिश भाषाको ¥याप समूह नीक्यापलाई पछि पारेका छन् ।
‘किङ अफ पप’ भनेर चिनिने माइकल ज्याक्सनले बेलायतको आधिकारिक एल्बम चार्टमा पहिलो स्थान हासिल गरेका हुन् ।
यो प्रतिस्पर्धामा नीक्याप, माइकल ज्याक्सन र पूर्व स्पाइस गर्ल मेलेनी सीबीच त्रिपक्षीय भिडन्त भएको थियो ।
यस महिनाको सुरुआतमा सार्वजनिक भएको ‘फेनियन’ एल्बमसहित नीक्याप दोस्रो स्थानमा रह्यो । मो चारा, मोग्लाई ब्याप र डीजे प्रोभाइ मिलेर बनेको यो समूहका लागि यो बेलायती चार्टमा अहिलेसम्मकै उच्च स्थान हो ।
समूहको अघिल्लो एल्बम ‘फाइन आर्ट’ सन् २०२४ मा बेलायतमा ४३औँ स्थानमा पुगेको थियो भने आयरल्याण्ड गणतन्त्रमा दोस्रो स्थानमा पुगेको थियो ।
पूर्व स्पाइस गर्ल मेलेनी सी तेस्रो स्थानमा रहिन् । ‘स्वीट’ उनको नवौँ स्टुडियो एल्बम हो । सोलो कलाकारका रूपमा उनको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन सन् १९९९ को डेब्यु एल्बम ‘नर्दन स्टार’ मार्फत भएको थियो ।
पूर्व स्पाइस गर्लका सदस्यहरूमध्ये कसैले पनि अहिलेसम्म सोलो एल्बममार्फत बेलायती चार्टको शीर्ष स्थान हासिल गर्न सकेका छैनन् ।
माइकल ज्याक्सन भने बेलायती एल्बम चार्टका लागि नयाँ नाम थिएन। उनले जीवनकालमा नौ पटक नम्बर एक स्थान हासिल गरेका थिए । सन् २००९ मा उनको निधनपछि पनि ‘द एसेन्सियल माइकल ज्याक्सन’ एल्बम सात सातासम्म नम्बर एकमा रहन सफल भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन