नेभिगेशन
अर्थतन्त्र

चितवन अटो शोमा १०० भन्दा बढी बुकिङ

काठमाडौं । एमएडब्लू ग्रुपले चितवन अटो शो २०२६ लाई ऐतिहासिक उपलब्धिसहित सम्पन्न गरेको छ । भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा आयोजित कार्यक्रममा सहभागी अटोमोबाइल ब्रान्डहरूबाट संयुक्त रूपमा १०० भन्दा बढी बुकिङ प्राप्त भएको हो ।
नेपालको अटोमोबाइल क्षेत्रका विभिन्न सरोकारवालालाई एकै ठाउँमा ल्याएको यस कार्यक्रमले ग्राहकमा एमएडब्लू ग्रुपप्रति विश्वास अझ बलियो बन्दै गएको र चितवन देशकै महत्वपूर्ण क्षेत्रीय अटोमोबाइल बजारका रूपमा तीव्र रूपमा विकास भइरहेको स्पष्ट संकेत दिएको छ ।
१०० भन्दा बढी बुकिङको यो उपलब्धि कुनै एक ब्रान्डको मात्र सफलता नभई एमएडब्लू ग्रुपअन्तर्गतका विविध अटोमोबाइल ब्रान्ड र मोबिलिटी समाधानहरूको संयुक्त सफलताको परिणाम हो । एउटै विश्वसनीय छातामुनि विभिन्न ब्रान्ड तथा सेवाहरू प्रस्तुत गर्दै एमएडब्लूले व्यक्तिगत सवारीसाधनदेखि व्यावसायिक यातायातसम्म ग्राहकका फरक–फरक आवश्यकता पूरा गर्न सक्ने आफ्नो क्षमताको प्रदर्शन गरेको थियो । 
कार्यक्रममा विशेषगरी फोटोन मोटर्सका लागि ल्याइएका आकर्षक अफरहरूले ग्राहकको उत्साह थप बढाएको थियो । खरिदकर्तालाई फ्यामिली रिट्रिट प्याकेज, ५५ इन्चको टेलिभिजन, रेफरल बोनस, गिफ्ट ह्याम्पर तथा विशेष नगद छुटजस्ता सुविधा प्रदान गरिएको थियो । यी अफरहरूले अटो शोलाई केवल प्रदर्शनीमा सीमित नराखी ग्राहकका लागि लाभदायक र विश्वासिलो खरिद अवसरमा रूपान्तरण गरेको थियो ।
कार्यक्रममा फोटोन मोटर्सले ‘कमर्सियल भेहिकल’ सेग्मेन्ट अन्तर्गत ‘बेस्ट एक्जिबिटर’ अवार्डसमेत प्राप्त गरेको थियो, जसले व्यावसायिक मोबिलिटीको क्षेत्रमा ब्रान्डको प्रभावशाली उपस्थिति र नेतृत्वलाई प्रमाणित गरेको छ । यस समग्र सफलतामा एमएडब्लू वृद्दि कमर्सियलले रणनीतिक रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । ठूलो स्तरका यस्ता कार्यक्रममा समूहगत समन्वय र प्रभावकारी सहभागिता सुनिश्चित गर्ने क्षमतामा यसले थप मजबुती प्रदान गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्