नेभिगेशन
अर्थतन्त्र

फोटोन नेपालको कस्टमर मिट एण्ड ग्रिट आयोजना

काठमाडौं । एमएडब्लू वृद्धिअन्तर्गतको फोटोन मोटर नेपालले वैशाख २५ मा ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेन्समा कस्टमर मिट एण्ड ग्रिट कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा काठमाडौं उपत्यकाभरिका विद्यमान ग्राहक, सम्भावित खरिदकर्ता, फ्लीट सञ्चालक, व्यावसायिक अपरेटर तथा प्रमुख सरोकारवालालाई एकै ठाउँमा ल्याएर उनीहरूको अनुभव र अपेक्षाबारे खुला र अर्थपूर्ण छलफल गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य ग्राहकको प्रतिक्रिया लिनु रहेको थियो । ग्राहकलाई आफ्ना स्वामित्व अनुभव, सेवासम्बन्धी आवश्यकता तथा सुझाव एवं इमानदार प्रतिक्रिया प्रत्यक्ष रूपमा साझा गर्ने अवसर प्रदान गरिएको थियो । सम्भावित खरिदकर्ताले पनि फोटोनका विभिन्न कमर्सियल सवारी साधनबारे थप जानकारी लिन र फोटोन नेपाल टिमलाई प्रत्यक्ष प्रश्न सोध्ने अवसर पाएका थिए । यस्तो प्रत्यक्ष संवादले बिक्रीपछि पनि ग्राहकसँगको सम्बन्ध निरन्तर रहने फोटोन नेपालको विश्वास छ ।
सहरी सामान ढुवानी, स्कुल यातायातदेखि फ्लीट सञ्चालन र व्यावसायिक यात्रासम्म समेट्ने कमर्सियल यातायातका लागि काठमाडौँ, नेपालकै सबैभन्दा सक्रिय बजारमध्ये एक हो । यस कार्यक्रममार्फत फोटोन नेपालले काठमाडौं, ललितपुर र भक्तपुरका बढ्दो मोबिलिटी आवश्यकतालाई अझ राम्रोसँग बुझ्ने र सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्