नेभिगेशन
अर्थतन्त्र

सञ्चालनमा आएको ६ महिनामै हायात प्लेस सम्मानित

बुटवल  । हायात प्लेस बुटवल सञ्चालनमा आएको ६ महिनामै तीनवटा अवार्डबाट सम्मानित भएको छ । हायात प्लेस तीनवटा प्रतिष्ठित अवार्डहरु ‘नेपालको उत्कृष्ट डेस्टिनेशन वेडिङ भेन्यु २०२६’, ‘नेपालको उत्कृष्ट होटल अवार्ड २०२६’ र ‘नेपालको उत्कृष्ट जनरल म्यानेजर अवार्ड २०२६’ बाट सम्मानित भएको हो ।
यी सम्मानहरू प्रतिष्ठित ‘होटल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसन’ र ‘वल्र्डवाइड बेस्ट होटल डट कम’ द्वारा प्रदान गरिएको हो । सञ्चालनमा आएको ६ महिनाभित्रै यस्तो असाधारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान हासिल गर्नु आफैंमा एक दुर्लभ उपलब्धि भएको विज्ञप्तिमा उल्लेख छ । 
स्थापनाको सुरुवातदेखि नै हायात प्लेस बुटवलले अन्तर्राष्ट्रिय स्तरको मापदण्ड र न्यानो स्थानीय आतिथ्यको उत्कृष्ट संयोजन गर्दै यस क्षेत्रको हस्पिटालिटी क्षेत्रलाई नयाँ परिभाषा दिएको जनाएको छ । कम्पनीका महाप्रबन्धक तुषार नागरले सञ्चालनमा आएको छोटो अवधिमै प्रतिष्ठित अवार्डहरू प्राप्त गर्दा हामी सम्मानित र कृतज्ञ महसुस भएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्