नेभिगेशन
अर्थतन्त्र

पश्चिम नेपालमा जम्दै जेसीबी

पोखरा । नेपालको पश्चिमी क्षेत्रमा उपस्थिति थप मजबुत बनाउँदै जेसीबी नेपालले पोखरामा आयोजित विशेष ग्राहक भेटघाट तथा साँचो हस्तान्तरण कार्यक्रममा प्रमुख ग्राहकहरूलाई १२ वटा मेसिन हस्तान्तरण गरेको छ ।
हस्तान्तरण गरिएका मेसिनहरूमा जेसीबीका फ्ल्यागशिप ३डीएक्स ब्याकहो लोडर तथा जेसीबी २२१ एक्स्काभेटर समावेश थिए । नेपालमा यी मेसिनहरू टिकाउपन, उच्च रिसेल भ्यालु तथा प्रभावकारी सञ्चालन क्षमताका कारण व्यापक रूपमा विश्वास गरिएका छन् । ३२ भन्दा बढी बिक्री तथा सेवा केन्द्र र २०० भन्दा बढी दक्ष सपोर्ट इन्जिनियरहरूको सञ्जालमार्फत जेसीबी नेपालले भरपर्दो आफ्टर सेल्स सर्भिस उपलब्ध गराउँदै आएको छ, जुन आजको प्रतिस्पर्धात्मक कन्स्ट्रक्सन इक्विपमेन्ट बजारमा अत्यन्त महत्वपूर्ण पक्ष मानिन्छ ।
कन्स्ट्रक्सन इक्विपमेन्ट क्षेत्रमा प्रतिस्पर्धा बढिरहेको र ग्राहकहरूको अपेक्षा निरन्तर परिवर्तन भइरहेको अवस्थामा, यो उपलब्धिले बजारमा प्रमाणित कार्यसम्पादन र दीर्घकालीन मूल्यप्रतिको झुकाब स्पष्ट रूपमा देखाएको छ । कार्यक्रममा पश्चिम क्षेत्रको तीव्र पूर्वाधार विकासमा सक्रिय योगदान पु¥याइरहेका यस क्षेत्रका अग्रणी ठेकेदार, पूर्वाधार विकासकर्ता तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थिति थियो ।
कार्यक्रममा जेसीबी नेपालका प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले यो उपलब्धि औपचारिक हस्तान्तरण मात्र नभएर आजको बजारको वास्तविक विश्वास कहाँ केन्द्रित छ भन्ने संकेत पनि भएको बताए । पश्चिम नेपालमा पूर्वाधार विकासले गति लिइरहेको अवस्थामा मेसिनको निरन्तर सञ्चालन क्षमता, स्पेयर पाट्र्सको सहज उपलब्धता तथा सम्पूर्ण जीवनचक्र लागतको प्रभावकारिता उपकरण छनोटका महत्वपूर्ण आधार बन्दै गएका छन् । जेसीबी नेपालको सुदृढ सेवा प्रणालीले ग्राहकलाई न्यून डाउनटाइम र अधिकतम उत्पादकता सुनिश्चित गर्दै राम्रो लाभ प्रदान गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्