नेभिगेशन
अर्थतन्त्र

नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै

काठमाडौं । नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अनलाइनबाटै लिन सकिने भएको छ । यस अनुसार अब नयाँ ई–सिम लिन व्यक्ति स्वयं उपस्थित भएर नेपाल टेलिकमको कार्यालय जानुपर्ने बाध्यता हुने छैन ।
नयाँ प्रिपेड ई–सिम लिन चाहने सेवाग्राहीले ईसिम डट एनटीसी डट नेट डट एनपी लगइन गरी त्यहाँ रहेको गेट न्युन प्रिपेड ई–सिममा क्लिक गरेपश्चात दिइएको निर्देशनअनुसार रजिस्टर गरी आवश्यक विवरण उपलब्ध गराउनुपर्नेछ । त्यसपछि विभिन्न वालेट तथा क्यूआर कोडमार्फत रकम भुक्तानी गरेपश्चात ई–सिमको क्यूआर कोड उपलब्ध हुन्छ । उक्त क्यूआर कोड स्क्यान गरी आफ्नो मोबाइल सेटको सेटिङमार्फत ई–सिम सक्रिय गर्न सकिन्छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्