नेभिगेशन
अर्थतन्त्र

सार्वजनिक भयो रोयल इनफिल्डको ‘गरिल्ला ४५०’

काठमाडौं । रोयल इनफिल्डले नयाँ अर्बन रोडस्टर मोटरसाइकल ‘गरिल्ला ४५०’ नेपालमा सार्वजनिक गरेको छ । दैनिक सहर यात्रा, घुमाउरा सडक तथा लामो दूरीका यात्रालाई लक्षित गरी तयार गरिएको यो मोटरसाइकल तीन भेरियन्ट एपेक्स, ड्यास र फ्ल्यास तथा आठ रङमा उपलब्ध हुने कम्पनीले जनाएको छ । सबै भेरियन्टको शोरूम मूल्य रु. ८ लाख ९९ हजार तोकिएको छ ।
गरिल्ला ४५० मा ४५२ सीसी क्षमताको एकल सिलिन्डर, तरल–शीतित शेर्पा इन्जिन जडान गरिएको छ । यसले ८ हजार आरपीएममा ४० पीएस शक्ति र ५ हजार ५ सय आरपीएममा ४० एनएम टर्क उत्पादन गर्छ । मोटरसाइकलमा ६ गियर प्रणाली, सहायक तथा स्लिप क्लच, राइड–बाइ–वायर प्रविधि तथा ‘स्पोर्ट’ र ‘स्ट्रिट’ गरी दुई राइडिङ मोड उपलब्ध छन् ।
यसमा एलईडी हेडलाइट, ११ लिटर इन्धन ट्यांकी, ४ इन्च टीएफटी ‘ट्रिपर ड्यास’, गुगल नक्सामा आधारित मार्ग निर्देशन तथा स्मार्टफोन जडान सुविधा समावेश गरिएको छ । कम्पनीका अनुसार गरिल्ला ४५० को बुकिङ खुला भइसकेको छ भने डेलिभरी पनि सुरु गरिएको छ । नेपालभर रहेका रोयल इनफिल्डका शोरुममार्फत मोटरसाइकल उपलब्ध हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्