नेभिगेशन
अर्थतन्त्र

इमाडोलमा सामसङ स्मार्ट प्लाजा

ललितपुर । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड सामसङले ललितपुरको इमाडोलमा नयाँ ‘सामसङ स्मार्ट प्लाजा’ सञ्चालनमा ल्याएको छ । सोमबार आयोजित एक विशेष समारोहबीच उद्घाटन गरिएको यो आउटलेट नेपालभर सामसङको १५औं आधिकारिक स्मार्ट प्लाजा हो ।
शोरूमको उद्घाटन सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ यूके जङ, गोल्छा ग्रुपका प्रबन्ध निर्देशक शेखर गोल्छा र हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले संयुक्त रूपमा गरे । कार्यक्रममा जङले नेपालमा सामसङले ग्राहकलाई सहज, किफायती तथा आधुनिक ओम्नी–च्यानल किनमेल अनुभव प्रदान गर्ने प्रतिबद्धतालाई अझ सशक्त बनाएको बताए ।
उनका अनुसार अब ग्राहकले स्मार्टफोन, टेलिभिजन तथा होम अप्लायन्सलगायत विभिन्न उत्पादन २४ महिनासम्मको ईएमआई सुविधासहित खरिद गर्न सक्नेछन्, जसले प्रिमियम प्रविधिमा पहुँच अझ सहज बनाउनेछ । सामसङले डिजिटल र भौतिक खुद्रा प्रणालीलाई एकीकृत गर्दै ग्राहकलाई सहज र विश्वसनीय सेवा दिने लक्ष्य राखेको पनि उनले उल्लेख गरे ।
नयाँ सामसङ स्मार्ट प्लाजा केवल बिक्री केन्द्र मात्र नभई ग्राहक अनुभव केन्द्रका रूपमा विकास गरिएको कम्पनीले जनाएको छ । यहाँ ग्राहकले सामसङका आधिकारिक स्मार्टफोन, टेलिभिजन, होम अप्लायन्स तथा अन्य आधुनिक इलेक्ट्रोनिक्स उत्पादनहरू प्रत्यक्ष अवलोकन, तुलना र परीक्षण गर्न सक्नेछन् । साथै, विशेषज्ञको परामर्शसहित आधुनिक किनमेल वातावरण उपलब्ध गराइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्