नेभिगेशन
अर्थतन्त्र

आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले शक्तिशाली क्षमता, उत्कृष्ट कार्यसम्पादन र आकर्षक डिजाइनसहित नयाँ स्मार्टफोन रेडमी ए–सेवेन–प्रो सार्वजनिक गरेको छ । ठूलो ब्याट्री, ठूलो स्क्रिन तथा सुधारिएको सफ्टवेयर अनुभवसहित यो स्मार्टफोन नेपाली बजारमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
रेडमी ए–सेवेन–प्रो सनसेट अरेन्ज, पाम ग्रीन, मिस्ट ब्लु र ब्ल्याक गरी चार आकर्षक रंगमा उपलब्ध छ । यसमा ६.९ इन्चको एचडी डिस्प्ले र ८.१५ मिमी स्लिम बडी छ, जसले प्रयोगकर्तालाई उत्कृष्ट दृश्य अनुभव प्रदान गर्छ । साथै, १२० एचजेडसम्मको हाई रिफ्रेस रेट सपोर्ट भएकाले फोन सहज र स्मुथ रूपमा सञ्चालन हुन्छ । ८०० निट्स सुपर सनलाइट डिस्प्लेले घाममा पनि स्पष्ट दृश्य देखाउँछ भने डीसी डिमिङ प्रविधिले स्क्रिन फ्लिकर कम गरी आँखाको थकान घटाउन मद्दत गर्छ ।
यस स्मार्टफोनमा ६ हजार एमएएच क्षमताको शक्तिशाली ब्याट्री रहेको छ, जसले लामो समयसम्म टिकाउ प्रयोग सुनिश्चित गर्छ । १५वाट फास्ट चार्जिङ सपोर्टका कारण फोनलाई एकपटक चार्ज गर्दा करिब २.३७ दिनसम्म प्रयोग गर्न सकिन्छ, जसले चार्जिङको झन्झटलाई निकै कम गर्छ । 
रेडमी ए–सेवेन–प्रो मा १३ मेगापिक्सेल एआई डुअल रियर क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा छ । ठूलो सेन्सर तथा नाइट मोड सुविधाका कारण कम प्रकाशमा पनि उत्कृष्ट तस्बिर खिच्न सकिन्छ । साथै, यसमा २०० प्रतिशतसम्मको भोल्युम बुस्ट सुविधा छ, जसले अझ सशक्त र इमर्सिभ अडियो अनुभव प्रदान गर्छ ।
१२एनएम प्रोसेसरद्वारा सञ्चालित यो स्मार्टफोन ब्राउजिङ, भिडियो स्ट्रिमिङ, हल्का गेमिङ तथा मल्टिटास्किङका लागि प्रभावकारी र द्रुत छ । रेडमी ए–सेवेन–प्रो मा ग्राहकको पूर्ण भरोसाका लागि २ वर्षको वारेन्टी पनि उपलब्ध सुविधा छ भने २ टिबीसम्मको एक्सटेन्डेबल एक्सटर्नल स्टोरेज सपोर्ट पनि छ । यो स्मार्टफोन ४ जिबी+६४ जिबी भेरियन्टमा उपलब्ध रहेको छ । यसको मूल्य नेपाली बजारमा १७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्