नेभिगेशन
अर्थतन्त्र

सिटिजन्स बैंकको अगुवाइमा मस्र्याङ्दी बेँसीमा जुट्यो लगानी

काठमाडौं । सिटिजन्स बैंकको अगुवाइमा मस्र्याङ्दी बेँसीमा लगानी जुटेको छ । सिटिजन्स बैँकको अगुवाइमा सहवित्तीयकरण व्यवस्थापन गरी ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेँसीमा ७ अर्ब ५० करोड रुपैयाँ जुटाइएको हो । वैशाख ३० गते बुधबार प्रवर्धक कम्पनी दिव्यज्योति हाइड्रोपावर र लगानीकर्ता बैँकहरुबीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको छ । उक्त परियोजना गण्डकी प्रदेश, लमजुङ जिल्ला, मस्र्याङ्दी गाँउपालिका र बेसीशहर नगरपालिकामा निर्माण हुनेछ ।
परियोजनाको अनुमानित लागत करीब ११ अर्ब ३० करोडमध्ये सहवित्तीयकरण बैंकहरुले ६७ः३३ को ऋणःस्वपुँजी अनुपातमा ७ अर्ब ५० करोडबराबरको ऋण लगानी गर्नेछन् भने ३३ प्रतिशत स्वपुँजी प्रवर्धकहरुबाट जुटाइनेछ । आयोजना चार वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र निर्माण सम्पन्नपश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको उदीपुरस्थित सबस्टेसनमा जोडिनेछ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ११२.०९९ गिगावाट घण्टा र वर्षायाममा २००.५०३ गिगावाट गरी वार्षिक ३१२.६०२ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।
सहवित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रममा सिटिजन्स बैँकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकले स्थापना कालदेखि नै एकल लगानीका साथै आफ्नो अगुवाइ, सह–अगुवाइ तथा अन्य बैंकहरुसँगको सह–वित्तीयकरण कर्जामार्पmत जलविद्युतलगायत हरित उर्जा क्षेत्रमा उल्लेख्य रुपमा लगानी गर्दै आएको बताए ।
बैंकिङ क्षेत्र एवं स्वतन्त्र ऊर्जा उत्पादकहरुको संयुक्त लगानीबाट धेरै आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएका कारण देशको समग्र उर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेको उनले बताए । हालसम्म निर्माण सम्पन्न भएका २७४.४०१ मेगावाट क्षमताका १६ वटा जलविद्युत आयोजना र निर्माणाधिन १,३३०.८२५ मेगावाट क्षमताका २६ वटा जलविद्युत आयोजनासहित जम्मा १,६०५.२२६ मेगावाट क्षमताका ४२ वटा जलविद्युत् आयोजनामा सिटिजन्स बैंकको लगानी छ ।
सिटिजन्स बैंकले हालसम्म १८ वटा हाइड्रोपावर आयोजनामा अगुवा बैंक, तीनवटा हाइड्रोपावर आयोजनामा सह–अगुवा बैंक, १७ वटा हाइड्रोपावर आयोजनामा सहभागी बैंक रुपमा र चारवटा हाइड्रोपावर आयोजनामा एकल लगानी रहेको छ । साथै, बैंकले हाल कोशी प्रदेशमा ५२१.६६६ मेगावाट क्षमताका १४ वटा आयोजनाहरुमा, बागमती प्रदेशमा ३९३.८२५ मेगावाट क्षमताका १४ वटा आयोजनाहरुमा, गण्डकी प्रदेशमा ६१६.४६५ मेगावाट क्षमताका ९ वटा आयोजनामा, लुम्बिनी प्रदेशमा ५३.०२ मेगावाट क्षमताका दुईवटा आयोजनाहरुमा र कर्णाली प्रदेश २०.२५ मेगावाट क्षमताका तीनवटा आयोजनामा लगानी गरेको छ ।
प्रवर्धक कम्पनी दिव्यज्योति हाइड्रोपावरका तर्फबाट अध्यक्ष सतिस न्यौपानेले चार वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र हालसम्म विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालयलगायत सरोकारवाला निकायमा गर्नुपर्ने सबै कानुनी प्रक्रिया पुरा गरी सकिएकाले आयोजना तत्काल निर्माण सुरु गरी समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।
‘विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।
बैंकले फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ नामक बचत खाता पनि सञ्चालन गरिरहेको छ । साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंकले देशैभर ६१ जिल्लामा फैलिएका २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइहरुबाट २० लाख २१ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्