नेभिगेशन
अर्थतन्त्र

स्टार्टअप इनोभेसन ह्याकाथन सम्पन्न

काठमाडौँ । युवा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित ‘नेपाल स्टार्टअप इनोभेसन ह्याकाथन २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ । ग्लोकल प्रालिद्वारा आयोजित तीनदिने कार्यक्रममा देशभरबाट आएका विद्यार्थीले विभिन्न राष्ट्रिय चुनौती समाधान गर्न नवीन सोच र प्रोटोटाइप प्रस्तुत गरेका थिए ।
‘नेपालका लागि नवप्रवर्तन ः राष्ट्रिय चुनौतीका लागि स्थानीय समाधान’ भन्ने नारासहित सञ्चालन गरिएको ह्याकाथनमा २१८ आवेदनमध्ये १७ उत्कृष्ट टोली छनोट भएका थिए । सहभागीमध्ये ५७ प्रतिशत कलेज तथा ४३ प्रतिशत माध्यमिक तहका विद्यार्थी रहेको आयोजकले जनाएको छ । कार्यक्रममा काठमाडौँ उपत्यकासहित धनगढी, बुटवल, जनकपुर, वीरगन्ज, विराटनगर र सुर्खेतलगायत विभिन्न सहरका युवाको सहभागिता थियो ।
७२ घण्टासम्म चलेको कार्यक्रममा ८ भन्दा बढी उद्योग विज्ञहरूले सहभागी टोलीलाई मेन्टरसिप प्रदान गरेका थिए । ह्याकाथन डिजिटल समावेशीकरण, जलवायु परिवर्तन, शिक्षा, कृषि, पर्यटन, उद्यमशीलता तथा स्वास्थ्यजस्ता सात प्रमुख क्षेत्रमा केन्द्रित थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्