नेभिगेशन
अर्थतन्त्र

इनड्राइभ विश्वको दोस्रो सबैभन्दा बढी डाउनलोड हुने राइड–हेलिङ एप

काठमाडौं । ४८ देशहरूमा सञ्चालन भइरहेको ग्लोबल मोबिलिटी र डेलिभरी प्लेटफर्म इनड्राइभ फेरि एकपटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एप हुन सफल भएको छ । लिडिङ मार्केट इन्टेलिजेन्स फर्म सेन्सर टावरका अनुसार इनड्राइभले लगातार चौथो वर्ष आफ्नो स्थान कायम राखेको छ । 
साथै, ट्राभल विधाअन्तर्गत विश्वव्यापी रूपमा सबैभन्दा धेरै डाउनलोड हुने एपहरूको सूचीमा कम्पनी चौथो स्थानमा पुगेको छ, जुन सन् २०२४ को पाँचौं स्थानबाट उक्लिएको हो । कम्पनीले ‘सुपर एप’ तर्फको आफ्नो रूपान्तरणलाई निरन्तर अघि बढाइरहेका क्रममा प्रयोगकर्ताको संलग्नता र लोकप्रियता बढ्दै गएको यसले संकेत गर्दछ ।
पियर–टु–पियर मूल्य निर्धारण मोडलमार्फत चालक र यात्रुबीच आपसी सहमतिमा उचित भाडा तय गर्न सकिने विशेषतासहितको इनड्राइभ एप सुरुवातदेखि हालसम्म विश्वभर ४०० मिलियनभन्दा बढी पटक डाउनलोड भइसकेको छ । हाल विश्वका १ हजार १०० भन्दा बढी सहरहरूमा उपलब्ध यस प्लेटफर्ममार्फत विश्वव्यापी रूपमा ८ बिलियनभन्दा बढी कारोबार सम्पन्न भइसकेको सेन्सर टावरको पछिल्लो प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सन् २०२५ मा इनड्राइभले आफ्नो मुख्य राइड–हेलिङ सेवाभन्दा बाहिर विस्तार गर्दै सुपर एपमा रूपान्तरण हुने प्रक्रियालाई तीव्रता दिएको छ । कम्पनीले अन्तरसहरी यातायात, कुरियर सेवा, ग्रोसरी डेलिभरी तथा वित्तीय सेवाजस्ता थप सेवाहरू सञ्चालनमा ल्याउँदै आफ्नो सेवा दायरा विस्तार गरेको हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्