नेभिगेशन
खेलकुद

आईसीसी विश्वकप लिग २: अमेरिकाविरुद्ध नेपालको ९ विकेटको सानदार जित

काठमाडौं । आईसीसी विश्वकप लिग २ मा नेपालले अमेरिकाविरुद्ध ९ विकेटको सानदार जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा १९५ रन बनाउँदै अलआउट भएको थियो । अमेरिकाले दिएको १९६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३६.४ ओभरमा १ विकेटको क्षतिमा १९९ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक १२० रनको अविजित शतकीय पारी खेले । उनले ११८ बलमा १३ चौका र ४ छक्का प्रहार गरे । उनले पहिलो विकेटको लागि ओपनर आसिफ शेखसँग १४५ रनको शतकीय साझेदारी बनाएका थिए । आसिफ शेख २६.३ ओभरमा पहिलो विकेटको रुपमा पेभेलियन फर्किए । उनले ७२ बलमा ८ चौकासहति ५८ रन बनाए । वान डाउन आएका डेब्यूटेन्ड इशान पाण्डे २० रनमा अविजित रहे । अमेरिकाका लागि एक मात्र विकेट मोहम्मद मोसिनले लिएका थिए ।
त्यसअघि, ब्याटिङ गरेको अमेरिकाको लागि र स्मित पटेलले सर्वाधिका ८३ रनको पारी खेले । उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । उनले दोस्रो विकेटका लागि सेहान जयसुरियासँग १०० रनको शतकीय साझेदारी बनाएका थिए । पहिलो विकेटको रुपमा ओपनर ब्याटर सयान जहाङ्गिर ६ रनमा सोमपाल कामीको हातबाट बोल्ड भए ।
दोस्रो विकेट सेहन जयसुरियाको गयो। उनले ५२ बलमा ५ चौका र १ छक्कासहित ५० रनको पारी खेले। कप्तान साइतेजा मुक्कामल्ला ४ रनमा सन्दीप लामिछानेको बलमा बोल्ड भए। शुभम रञ्जाने २ रनमा आसिफ शेखको हातबाट रनआउट भएका थिए ।
सातौं विकेटको रुपमा मिलिन्द कुमार २८ रनमा दीपेन्द्र सिंह ऐरीको बलमा एलबीडब्ल्यू आउट हुँदै पेभेलियन फर्किए। त्यसपछि भने अमेरिकाले ३ रन बटुल्न २ विकेट खेर फाल्यो। हर्मित सिंह अनितम विकेटको रुपमा १४ रनमा क्याच हुँदा अमेरिका ४३.३ मा अलआउट भएको हो । नेपालका लागि बलिङ तर्फ दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिएका थिए । सोमपाल कामीले २ विकेट लिँदा सन्दीप लामिछाने र गुल्सन झाले १–१ विकेट लिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्