नेभिगेशन
राजनीति

कांग्रेस आन्तरिक कलहमा रुमल्लिने होइन, मुलुकको समस्या समाधानमा केन्द्रित हुनुपर्छः थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूले बीपी कोइरालाले लगाएको जुत्तामा खुट्टा हालेको टिप्पणी गरेका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले आन्तरिक कलहमा रुमल्लिनेभन्दा पनि मुलुकका समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताए ।
पार्टी इतिहास र बीपी कोइरालाको विरासतको स्मरण गर्दै सभापति थापाले कांग्रेसको नेतृत्व सम्हाल्नु गर्व र जिम्मेवारी दुवै भएको उल्लेख गरे ।
धेरै नेता(कार्यकर्ताले लामो संघर्ष र त्याग गरेर लोकतन्त्र स्थापना गरेको भन्दै उनले नागरिकको स्वतन्त्रता, आत्मसम्मान र जीवनस्तरमा परिवर्तन ल्याउनु नै कांग्रेसको मूल ध्येय हुनुपर्ने स्पष्ट पारे । पार्टीको जनाधार बलियो बनाउन समर्थक र शुभेच्छुकहरूसँग सिधा संवाद आवश्यक रहेको उनको भनाइ थियो ।
विगतको निर्वाचनमा कांग्रेसले करिब १० लाख मतदाता गुमाएको प्रसङ्ग निकाल्दै थापाले ती निराश भएका समर्थकहरूको विश्वास पुनः जित्नु आफ्नो मुख्य लक्ष्य रहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्