नेभिगेशन
राजनीति

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध ७ उजुरी

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी परेका छन् । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीकाअनुसार शनिबार साँझसम्म उक्त संख्यामा उजुरी दर्ता भएका हुन् । राष्ट्रिय सभा अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताको असहमतिका बीच संवैधानिक परिषद्ले शर्माको नाम सिफारिस गरेको थियो । नेपालको न्यायिक इतिहासमा वरिष्ठता मिचेर प्रधानन्यायाधीश सिफारिस गरिएको यो पहिलो पटक हो ।
संसदीय सुनुवाइ विशेष समितिले वैशाख २६ गते प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो । समितिले शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागे स्पष्ट आधार, प्रमाण र सबुतसहित उजुरी दिन १० दिनको समय दिएको थियो । उजुरी दर्ता गर्ने समय सोमबार कार्यालय समयसम्म तोकिएको छ । समितिले प्राप्त उजुरीमाथि छलफल तथा छानबिन गरेपछि प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग प्रत्यक्ष सुनुवाइ गर्ने छ । संवैधानिक परिषद्को सिफारिसपछि संसदीय सुनुवाइबाट अनुमोदन भएपछि नियुक्तिको बाटो खुल्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्