नेभिगेशन
अर्थतन्त्र

कजारिया रमेश टायल्स अब तारकेश्वर, जरंखुमा पनि

काठमाडौं । विश्वस्तरीय टायल्सलार्ई आम उपभोक्ताको पहुँचमा ल्याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको तारकेश्वरस्थित जरंखुमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । हरि ओम टंकेश्वर हार्डवेयरसँगको साझेदारीमा सञ्चालित यो शोरुम घरधनी, इन्टेरियर डिजाइनर र आर्किटेक्टहरूका लागि उच्च गुणस्तरीय टायल्स र डिजाइनको छनोट गर्ने मुख्य गन्तव्य बन्नेछ ।
शोरुम उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वल्र्ड लुना लुइँटेलको उपस्थिति रहेको थियो । साथै, कार्यक्रमका प्रमुख अतिथिहरू तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, वडा नं. ६ का वडाध्यक्ष घनश्याम श्रेष्ठ र वडा नं. ८ का वडाध्यक्ष श्यामकृष्ण सापकोटाको उपस्थिति थियो । हरि ओम टंकेश्वर हार्डवेयरको व्यवस्थापन टोलीसँगै उनीहरूले स्थानीय बासिन्दालाई स्वागत गर्दै ब्रान्डका नयाँ कलेक्सनहरू प्रदर्शन गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्