नेभिगेशन
प्रदेश

मिथिलाका ४८३ परिवारलाई लालपूर्जा

जनकपुरधाम । लामो समयदेखि भूमिहीन सुकुम्वासी रहेका धनुषाको मिथिला नगरपालिकाका ४८३ परिवारलाई आइतबार लालपूर्जा वितरण गरिएको छ । मिथिला नगरपालिकाको ६, ७, ८ र ९ नम्बर वडाका भूमिहीनलाई लालपूर्जा दिइएको हो ।
गाउँब्लकका जमिन लालपूर्जाबिना भोग गर्दै आएका सुकुम्वासीलाई लालपूर्जा वितरण गरिएको जिल्लास्थित नापी कार्यालय दुई नम्बर टोली ढल्केवरले जनाएको छ । टोलीका प्रमुख सीयाराम साहले आवश्यक कागजातसहित नापनक्साको प्रक्रिया पूरा गरेर लालपूर्जा वितरण गरिएको बताए । उनका अनुसार सो टोलीको कार्यालयमा ६५८ जनाले लालपूर्जाका लागि निवेदन दिएको थिए ।
यसअघि सो टोलीले उक्त पालिकाको वडा नंं १, ६ र ७ का  ६४   सुकुम्वासी परिवारलाई लालपूर्जा बाँडेको थियो । नापी कार्यालय धनुषाको दुई नं टोलीद्वारा गाउँब्लकको जग्गा नापजाँच गरेर लालपूर्जा वितरण प्रक्रिया सुरु गरेको थियो । त्यसको आधारमा लालपूर्जा वितरण गरिएको प्रमुख साहले जानकारी दिए । धनुषा जिल्लामा ७५ वटा गाउँब्लक छन् । तीमध्ये ७२ वटा गाउँब्लकको जग्गा नापजाँच भइसकेको छ । त्यसअन्र्तगत १२ वटा गाउँब्लकको धनीपूर्जा वितरण भइसकेको नापी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्