नेभिगेशन
खेलकुद

विश्वकपका लागि ब्राजिलको टोली तयार

गामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ का लागि ब्राजिल टोलीको घोषणा भएको छ ।

प्रशिक्षक कार्लो एन्सोलोटीले अनुभवी स्ट्राइकर नेयमारलाई समेट्दै सोमबार राति खेलाडी टोलीको घोषणा गरेका हुन् । ३४ वर्षीय चोटका कारण पछिल्लो समय मैदानबाहिर नै छ । 

ब्राजिल छैटौं पटक विश्वकप उपाधि जित्ने अनियानमा रहेको ब्राजिल यस विश्वकपको समूह ‘सी’मा रहेको छ । यस समूहमा मोरोक्को, इटाली र स्कटल्यान्ड रहेको छ । 

ब्राजिल टोलीको गोल रक्षकमा एलिसन बेकर, एडर्सन र वेभर्टोन छन् । रक्षामा एलेक्स सान्द्रो, डानिलो, लियो पेरेइरा, ब्रेमर, इबानेज, वेस्ली, मार्किन्होस, गाब्रियल र डगलस सान्तोस रहने छन् ।

यस्तै मिडफिल्डरमा ब्रुनो गुइमाराएस, कासेमिरो, डानिलो सान्तोस, फाबिन्हो र लुकास पाकेटा छन् । स्ट्राइकरमा नेयमार, एन्ड्रिक, गाब्रियल मार्टिनेली, इगोर थियागो, मथियस कुन्हा, राफिन्हा, भिनिसियस जुनियर, लुइज हेनरिक र रायन छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्