नेभिगेशन
उपत्यका

८१ लाख ठगीको छुट्टाछुट्टै घटनामा चार पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको लोभ देखाएर ठगी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ कटहरी–६ का ३७ वर्षीय नारायण जोशी, सुर्खेत बराहताल–२ का ४३ वर्षीय गोपालविक्रम राना, भक्तपुरको मध्यपुर थिमी–१ का ३२ वर्षीय नवराज पौड्याल र मनाङ नासों–६ का ५८ वर्षीय ङवाङ लामा छन् । 
नारायणले कतार पठाइदिन्छु भन्दै १४ जनाबाट ४८ लाख, गोपालले इराक पठाइदिन्छु भन्दै ३ जनाबाट २० लाख, नवराजले अष्ट्रेलिया पठाइदिन्छु भन्दै एकजनाबाट ३ लाख र ङवाङले क्रोएसिया पठाइदिन्छु भन्दै एक जनाबाट १० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरी थियो । उक्त उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले नारायणलाई जनकपुरधाम–४ बाट आइतबार, गोपाललाई काठमाडौं–१२ टेकुबाट र नवराजलाई पुतलीसडकबाट सोमबार तथा ङवाङलाई नागार्जुन–८ बाट शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचलको जिम्मा लगाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्