नेभिगेशन
प्रदेश

आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड ४४ लाख ६५ हजार रुपैयाँबराबरको ५७० ग्राम चौबीस क्यारेटको सुन र २० हजार अमेरिकी डलरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सशस्त्रको २ नं हेडक्र्वाटरका प्रमुख अम्बिकाप्रसाद जोशीले सोमबार साँझ ५ बजेतिर भारतको कोलकाता घर बताउने ३९ वर्षीय परम पाठकलाई काँकडभिट्टा भन्सारको चेकपोस्टमा जाँच गर्दा उक्त सुनसहित २० हजार अमेरिकी डलर (नेपाली रु ३० लाख ६५ हजार) र ८५ हजार ४१९ भारतीय रुपैयाँ (नेपाली रु एक लाख ३६ हजार ६५७) समेत बरामद गरिएको बताए  ।
पक्राउ परेका पाठकबाट सवारीचालक अनुमति, आधार कार्ड, दुई मोबाइल सेट, हार्डडिस्क, सिम कार्ड, भिजा कार्ड र चेक पनि बरामद भएको छ । उनलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको  छ ।
पाठक भारतको पानीटंकी नाकाबाट सिटी सफारी चढेर नेपालतर्फ आउँदै गर्दा भन्सारको जाँचका क्रममा पक्राउ परेका हुन् । सशस्त्र प्रहरी टोली र मेची भन्सार कार्यालयका कर्मचारीहरूले शंका लागेर जाँच गर्दा बोकेको कालो झोलाभित्र अवैध सुन र विदेशी मुद्रा फेला परेको थियो । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्