नेभिगेशन
प्रदेश

पोखरा भारतका लागि उद्धार उडान

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक भारतको मध्यप्रदेशस्थित राजा भोज अन्तरराष्ट्रिय विमानस्थलका लागि उडान भएको छ । ‘मेडिकल रेस्क्यु’ उडान भएको हो । श्री एयरलाइन्सको जहाजले मंगलबार दिउँसो भारतका लागि उडान भरेको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता जशोदा रेग्मी सुवेदीले जानकारी दिइन । 
मुक्तिनाथ दर्शन गरेर फर्किने क्रममा बिरामी परेका मध्यप्रदेशस्थित भोपालका शम्भु दयाल श्रीवास्तवलाई मेडिकल चार्टरमार्फत पोखराबाट स्वदेश लगिएको हो । विमानमा एक जना बिरामी, तीन जना स्वास्थ्यकर्मी र दुई जना बिरामीका आफन्त गरी ६ जना रहेको पोखरा विमानस्थलले जनाएको छ । ‘पोखराबाट पहिलो पटक भारत सिधा उडान भएको छ । स्वदेशी विमान कम्पनीले छिमेकी मुलुक उडान गर्नु विमानस्थलका लागि राम्रो कुरा हो,’ प्रवक्ता रेग्मीले भनिन् । 
पोखराको नागढुंगास्थित चरक मेमोरियल अस्पतालमा उपचार गराइरहेका  श्रीवास्तवलाई थप उपचारका लागि परिवारले जहाज चार्टर गरेर स्वदेश लगेका हुन् । पोखरा अन्तरराष्ट्रिय विमानस्थल २०७९ पुस १७ देखि सञ्चालनमा आएको हो । तर, यहाँबाट नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको छैन । ठस्लो वैदेशिक श्णमा निर्मित विमानस्थल आन्तरिक उडानमै सीमित छ । पोखरा विमानस्थलबाट यसअघि भुटान, चीनलगायका देशमा चार्टर उडान हुने गरेपनि भारतमा पहिलो पटक उडान भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्