नेभिगेशन
उपत्यका

पूर्वमन्त्री गुप्तालाई छाड्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले विशेष अदालतको पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा थुनामुक्त आदेश गरेको हो । सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न आदेश भएको छ । यसको लिखित आदेश भने आउन बाँकी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्