नेभिगेशन
दृष्टिकोण

सुकरातका स्त्री

प्राचीन मानिसहरूले हाम्रा लागि के–के गरे भन्नेबारे अन्तहीन रूपमा चर्चा गर्न सकिन्छ । तर सबैभन्दा रोचक कुरामध्ये एउटा चाहिँ के हो भने, प्लेटोलाई महिलामुक्ति आन्दोलनको अवधारणा जन्माउने व्यक्तिका रूपमा सम्मान गर्न सकिन्छ । तर सँगैमा के भयो भने, उनको महिलामुक्तिको आन्दोलनको अवधारणालाई समाजले आत्मसात् गर्न करिब २५ सय वर्ष लाग्यो ।
धेरैजसो प्राचीन राज्यहरूमा निरन्तर युद्ध भइरहने हुनाले पुरुषको जनसंख्या सधैं विशेष जोखिममा पर्ने गथ्र्यो । त्यसैले राज्य टिकाइराख्न महिलाहरूले सकेसम्म चाँडै सन्तान उत्पादनको भूमिकामा प्रवेश गर्नुपर्ने अवस्था थियो । तर, प्लेटोको संवाद ‘दि रिपब्लिक’मा सुकरातले यस्तो आदर्श समाजको चित्रण गरेका छन्, जहाँ उनी महिलाले पनि पुरुषसरह उत्तिकै समान हैसियत पाएका छन् ।
उनको राज्यको शासक वर्गलाई ‘गार्डियन’ भनिएको छ । प्लेटोले भेडाबाख्राको रक्षा गर्ने र सिकार गर्ने कुकुरसँग ती ‘गार्डियन’लाई तुलना गर्छन् । यस कार्यमा पोथी कुकुरहरू पनि भाले कुकुरजत्तिकै संलग्न हुन्छन् । त्यसो त भालेहरू शारीरिक रूपमा पोथीभन्दा बलिया हुन्छन् । र, पनि जब भेडाको रक्षा गर्नुपर्ने अवस्था आउँछ, त्यो बेला कुकुर्नीहरूले आफ्नो जिम्मेवारी वहन गर्नबाट चुक्दैनन् । 
त्यसैले प्लेटो भन्छन्, ‘यदि हाम्रो शिक्षाप्रणालीले पुरुष गार्डियन उत्पादन गर्न सक्छ भने, त्यसले महिला गार्डियन पनि उत्पादन गर्नुपर्छ । उही र उस्तै शिक्षाले एउटै परिणाम दिनुपर्छ । पुरुषलाई बेग्लै र महिलालाई बेग्लै त्यसले बनाउनुहुँदैन ।’
तर त्यसपछि एउटा आपत्ति उठ्छ । के केही मानिसहरू जन्मजात रूपमा निश्चित प्रकारका कामका लागि उपयुक्त हुँदैनन् र ? त्यस अर्थमा महिलाहरू पुरुषभन्दा फरक हुँदैनन् त ? सुकरात भन्छन्, ‘सम्भवतः फरक हुन सक्छ तर यदि वास्तविक भिन्नता महिलाले सन्तान जन्माउँछन् र पुरुष महिलासँग यौन सम्बन्ध राख्छन् भने, त्यसले गार्डियनको कामका लागि उनीहरूको उपयुक्ततामा कुनै असर पार्दैन ।’
उदाहरणका लागि, बुद्धिमानीपूर्वक राज्य सञ्चालन गर्ने, बाह्य खतराबाट रक्षा गर्ने आदि कुरामा महिलाहरूले पनि पुरुषसरह काम गर्न सक्छन् । 
प्रश्न के हो भने— के कुनै पेसा वा काममा पुरुष र महिलाबीच जन्मजात क्षमता फरक भएको प्रमाण छ ?
सुकरात अगाडि भन्छन्— त्यस्तो कुनै प्रमाण छैन । सामान्य रूपमा पुरुषले महिलाभन्दा सबै काम राम्रो गर्छन् भन्ने मान्यता हुन सक्छ । तर ‘पुरुष भएकै कारण पुरुषको मात्र काम’ वा ‘महिला भएकै कारण महिलाको मात्र काम’ भन्ने केही छैन । जन्मजात गुणहरू दुवै लिंगमा समान रूपमा बाँडिएका छन् । महिलाहरू शारीरिक रूपमा केही कमजोर भए पनि, उनीहरूले पुरुषसरह सबै पेशा र कार्यमा भाग लिन सक्छन् । मानिसहरूको रुचि फरक हुन सक्छ, तर रुचिको सम्बन्ध जन्मजात क्षमतासँग हुँदैन ।
निष्कर्षतः सुकरातका कुरामा के सहमत हुन भन्न सकिन्छ भने ‘महिला र पुरुष दुवैमा समुदायका गार्डियन बन्ने समान प्राकृतिक क्षमता हुन्छ । यो शिक्षाबाट सम्भव हुनसक्छ ।’ आफ्ना गुरुको यस किसिमको धारणामा प्लेटोले थोरै टिप्पणी गरेका छन् । प्लेटो भन्छन्, ‘यदि महिला गार्डियनहरू युद्धमा जान्छन् भने उनीहरूको युद्ध सहभागिताकै कारण सन्तान हुर्काउने जिम्मेवारीको बोझ पनि नथपियोस् । उनीहरूका लागि सामूहिक बसोबास र सामूहिक रूपमा सन्तान हुर्काउने व्यवस्था पनि होस् ।’
शासक र देवता

ग्रीक–रोमन संस्कृतिमा मानिसलाई देवतासँग जोड्ने प्रवृत्ति पर्सियामा सिकन्दर महान्बाट सुरु भएको थियो । ईसापूर्व ३३४ मा, सिकन्दरले आफ्नो डरलाग्दो म्यासेडोनियन सेना लिएर अनातोलिया (आजको टर्की) प्रवेश गरे । त्यहाँ पर्सियन शक्ति ग्रीक शक्तिसँग ठोक्किएको थियो । त्यसपछि नौ वर्षभित्रै उनले विशाल पर्सियन साम्राज्यको अधिकांश भाग जितेर पाकिस्तानसम्म विस्तार गरेका थिए ।
उनलाई थाहा थियो, साम्राज्य सञ्चालन गर्नु भनेको सेना जित्नु मात्र होइन; जनतालाई पनि आफ्नो पक्षमा पार्नु अति आवश्यक हुन्छ । त्यसका लागि उनीहरूका नेताहरू, विशेषगरी शासन संरचनाको केन्द्रमा रहेका पर्सियन अभिजात वर्गको मन जित्नु जरुरी थियो । त्यसैले उनले पर्सियन राजसी पोशाक लगाउन थाले र पर्सियन शैलीमै दरबार बसाल्न थाले । उनले दुईजना राजकुमारीसँग विवाह गरे, आफ्ना अधिकृतहरूलाई उच्च वंशका पर्सियन महिलासँग विवाह गर्न प्रेरित गरे र समग्रमा पर्सियन जीवनशैली अपनाए । उनले पर्सियन राजाहरूझैं शिकार गर्नसमेत सिके ।
तर जब उनले शासकप्रति घुँडा टेकेर टाउको जमिनमा टेक्ने पर्सियन सम्मान–प्रदर्शन (आज्ञापालन)को चलन लागू गर्न खोजे, त्यहाँ उनले सीमा नाघे । पर्सियन अभिजातहरूका लागि यो उच्च पदस्थ व्यक्तिलाई सम्मान गर्ने तरिका मात्र थियो, तर सिकन्दरका सैनिकहरूलाई यसले उनी आफैंलाई देवतासरह देखिन चाहन्छन् भन्ने संकेत दियो । केहीले यो अभ्यास अपनाए, केहीले खुला रूपमा अस्वीकार गरे र एकजनाले आफ्नो हाँसो रोक्नसमेत सकेनन् । 
पछि अलेक्जेन्डरलाई उनका केही सैनिकहरूले ‘उद्धारकर्ता’ भनी सम्बोधन गर्न थाले । यो उपाधि सामान्यतया देउताहरूका लागि मात्र प्रयोग हुन्थ्यो । अलेक्जेन्डरले यस्तो व्यवहारलाई कति प्रोत्साहन दिए भन्ने स्पष्ट छैन तर उनको मृत्युपछि जब विशाल र अव्यवस्थित साम्राज्य टुक्रियो, त्यसका उत्तराधिकारी ग्रीक शासकहरूले यही उपाधि अपनाए ।
तर रोमनहरूले भने सम्राट जीवित रहँदा केवल उनको ‘प्रतिभा’ (जिनियस)लाई पूजा गर्थे र मृत्युपछि मात्र उनलाई देवत्व प्रदान गर्थे (भेस्पेसियनले मृत्युशड्ढयामा ‘हाय ! मलाई लाग्छ म देवता बन्दैछु’ भनेका थिए) । रोमन देवताका मूर्तिहरू प्रायः नांगा खुट्टा र खुट्टासहित देखाइन्थे र सम्राट अगस्टसको पहिलो मूर्तिमा पनि त्यस्तै देखाइएको थियो । यद्यपि उनी पूर्ण सैनिक पोशाकमा जनरलका रूपमा प्रस्तुत थिए । त्यो संकेत पर्याप्त थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
भगवानको लीला अपरम्पार

भगवानको लीला अपरम्पार

अमरताको खोजी

अमरताको खोजी

जनताको आशाको बजेट

जनताको आशाको बजेट