नेभिगेशन
उपत्यका

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप–८ का ३३ वर्षीय रमेशकुमार विश्वकर्मा, काठमाडौं महानगरपालिका–१० बस्ने गोरखाका ३५ वर्षीय चन्द्रबहादुर गुरूङ, कामपा–२६ बस्ने गोरखाका ३० वर्षीय दीपेश गुरूङ, २४ वर्षीय सौगात गुरूङ, ललितपुर गोदावरी–२२ बस्ने पाँचथरका ४८ वर्षीय सूर्यप्रकाश खजुम र भक्तपुर सूर्यविनायक–३ बस्ने काभ्रेका ३३ वर्षीया शान्ति श्रेष्ठ छन् ।
पक्राउ परेकामध्ये रमेशले अमेरिका पठाइदिन्छु भन्दै एक जनाबाट ३ लाख २५ हजार, चन्द्र बहादुरले टर्की पठाइदिन्छु भन्दै दुई जनाबाट २ लाख ९५ हजार, दिपेश र सौगातले टर्की पठाइदिन्छु भन्दै ८ जनाबाट ८६ लाख २२ हजार ५ सय, सूर्यप्रकाशले साइप्रस पठाइदिन्छु भन्दै एक जनाबाट ९ लाख ५० हजार र शान्तिले लिथुआनिया पठाइदिन्छु भन्दै एक जनाबाट १ लाख ९३ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरी थियो । त्यस आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशलाई कास्कीबाट, चन्द्रबहादुरलाई कामपा–१० र शान्तिलाई कामपा–३० बाट बुधबार तथा दिपेश र सौगातलाई कामपा–२६ बाट र सूर्यलाई गोदावरी–२२ बाट मंगलबार पक्राउ गरेको हो । 
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
३७ लाखको भेप बरामद, आठ जना पक्राउ 
चीनबाट लसकाइछिपाइ भिœयाइएको ३६ लाख ७५ हजार रुपैयाँ बराबरको इलेक्ट्रिक चुरोट (भेप) प्रहरीले रसुवाको गोसाइँकुण्ड–१ दालफेदीबाट बरामद गरेको छ । 
अवैध कारोबारमा संलग्न आरोपमा आठ जनालाई पक्राउ पनि गरेको छ । रसुवाको इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको टोलीले बुधबार राति एउटा घरमा खानतलासी ६ कार्टुन भेप बरामद भएको हो । घरधनी ४४ वर्षीया मम्माया तामाङ पक्राउ परेकी छन् । लुकाएर राखिएको अवस्थामा प्लास्टिकको बोराभित्र ६ वटा कार्टुनमा ‘एल्फबार आइस किङ’ लेखिएका १ हजार २ सय २५ थान भेप बरामद भएको हो । भेप अवैध ओसारपसार र भण्डारणमा संलग्न आरोपमा पक्राउ पर्नेमा घरधनी तामाङसँगै राजकुमार तामाङ, छो माया तामाङ, धादिङ गंगाजमुना–३ का ४० वर्षीय केशबहादुर गुरुङ, २५ वर्षीय सहिन गुरुङ, बाजुरा बडीमालिका–१० घर भई हाल काठमाडौं माछापोखरी बस्ने सागर खत्री, बालाजु बस्ने नुवाकोट तादी–४ का सुवास तामाङ र ओखलढुंगा भदौरे–६ का २६ वर्षीय नेत्रबहादुर थापा मगर छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्