नेभिगेशन
उपत्यका

भारतीय गृहमन्त्री शाहद्वारा पशुपतिनाथमा चन्दन अर्पण

काठमाडौं । आराध्यदेव पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका लागि भारतीय गृहमन्त्री अमित शाहले ४० किलो चन्दन अर्पण चढाएका छन् । उनले पठाएको चन्दन विधायक सन्दीप रानाको संयोजनमा पशुपतिनाथका मूल अर्चक गणेश भट्टलाई हस्तान्तरण गरिएको हो ।  
भट्टले उक्त चन्दन गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख सुशीला शर्मालाई भण्डारणका लागि जिम्मा लगाएका छन् । भारतबाट पशुपतिनाथको शिरमा श्रीयन्त्र पूजा गर्न प्रत्येक वर्ष विशेष प्रकारको चन्दन अर्पण हुने गरेको छ । गतवर्ष गोआका मन्त्रीले पशुपतिनाथलाई ३५ किलो चन्दन अर्पण चढाएका थिए । नेपाल र भारतका जनता जनताबीचको धार्मिक एवं सांस्कृतिक सम्बन्धका कारण भारतमा हुने विशेष प्रकारको चन्दन प्रत्येक वर्ष पशुपतिनाथ मन्दिरलाई प्राप्त हुने गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्