नेभिगेशन
उपत्यका

खिचापोखरीको भेपमाण्डूमा छापा

काठमाडौं । खिचापोखरीस्थिल आरबी कम्प्लेक्समा रहेको पसलबाट किनबेच बन्देज रहेको विद्युतीय चुरोट (भेप) २९ हजार १ सय ४० थान बरामद भएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी–८ बस्ने ३१ वर्षीय नवीन खड्का छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
खड्काले आरबी कम्प्लेक्समा स्माइल यर च्वाइस र भेपमाण्डू ट्रेडर्स प्रालि नामक पसल सञ्चालन गरी भेप बेच्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ । भण्डारण गरी राखेको अवस्थामा भेप बरामद भएको हो । खड्कालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्