नेभिगेशन
अर्थतन्त्र

प्रसाईंसमर्थित लघुवित्तपीडित पदयात्रामा

रौतहट । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानअन्तर्गत लघुवित्तपीडितहरूको नाममा सर्वसाधारणको समूह न्यायको माग गर्दै मधेस–काठमाडौं पदयात्रा बुधबार रौतहटको चन्द्रनिगाहपुर हुँदै अगाडि बढेको छ । गत सोमबार सर्लाहीको हरिवनबाट थालेको  पदयात्रामा सयौंको सहभागिता छ । उनीहरूले आफूलाई लघुवित्त पीडित तथा अभियानका समर्थकहरू भनेका छन् । 
पदयात्रामा सहभागीले लघुवित्त संस्थाबाट आफूहरू अन्यायमा परेको, अत्यधिक ब्याज, किस्ता तथा ऋण असुलीका कारण आर्थिक, सामाजिक र मानसिक रूपमा ठूलो पीडा भोग्नुपरेको गुनासो गरेका छन् । उनीहरूले सरकारसँग लघुवित्त पीडितका समस्याको दीर्घकालीन समाधान, न्यायोचित छानबिन तथा पीडितमुखी नीति अवलम्बन गर्न माग गरेका छन् ।
नागरिक बचाउ महाअभियान सर्लाहीका अध्यक्ष हरिप्रसाद मैनालीले लघुवित्तका कारण हजारौं सर्वसाधरणहरू पीडित बनेको दाबी गर्दै न्याय माग्न काठमाडौं हिँडेको बताए । ‘हाम्रो आफ्ना माग सम्बोधन नभएसम्म पदयात्रा रोकिँदैन,’ उनले भने, ‘हामीलाई सरकारले बारम्बार धोका दिइरहेको छ । यो आन्दोलनलाई निर्णायक बनाउँछौं ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्