नेभिगेशन
प्रदेश

सेफ्टीट्यांकीभित्र तीन जनाको मृत्यु

नेपालगञ्ज । बाँकेको कोहलपुरमा सेफ्टीट्यांकी सफा गर्ने क्रममा  तीन जनाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ का ४१ वर्षीय कालु थारु, २६ वर्षका प्रकाश थारु र ३४ वर्षका बिर्जा थारुको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ट्यांकी सफा गर्ने क्रममा निस्सासिएर उनीहरूको मृत्यु भएको आशंका गरिएको छ । कोहलपुर नगरपालिका–३ शान्तिटोलस्थित दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेफ्टीट्यांकीमा फसेको अवस्थामा तीनै जनालाई मृतावस्थामा फेला पारिएको प्रहरीको भनाइ छ ।
प्रहरीले जेसिबीको सहायताले सेफ्टीट्यांकी फुटाए तीनै जनाको शव आज बिहान बाहिर निकालेको थियो । मृतकको शव परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्