नेभिगेशन
अर्थतन्त्र

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व कार्यकारी अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराधसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो । 
जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी लिएर ब्यूरोबाट खटिएको टोलीले भण्डारीलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । स्मार्ट टेलिकमको सम्पत्ति र दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल प्राधिकरणको नाममा आएकामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनसेल आजीयाटा लिमिटेडको मिलेमतोमा गैरकानुनी रूपमा लिलाम गराई सरकारको हक हनन गरी गैरकानुनी रूपमा लिलामी गरेको आरोप उनीमाथि छ । 
ठगी, आपराधिक विश्वासधात तथा संगठित अपराध मुद्दामा भण्डारीको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । २०७० वैशाख २ मा प्राधिकरणबाट स्मार्ट टेलिकम प्रालिको नाममा प्रदान गरिएको आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र नियमानुसार नवीकरण नगरेको कारणबाट २०८० वैशाख २ देखि स्वतः रद्द भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै