नेभिगेशन
अर्थतन्त्र

सीएनआई युवा उद्यमी मञ्चमा घिमिरे

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) को आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 
सभाले सुगम घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको निवर्तमान अध्यक्षमा मनिष श्रेष्ठ, लर्निङ चेयर चिराग सरावगी, मेम्बरसिप एन्ड इन्टिग्रेसन चेयर श्रीमती शाइनी खेतान, स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसन चेयर श्रीमती निदा दून मल्ल रहेकी छिन् । यसैंगरी गभर्नमेन्ट एन्ड डिप्लोम्याटिक रिले्सन्स चेयरमा सुजित रेग्मी, कम्युनिकेसन्स एन्ड एक्सपान्सन चेयरमा पुनीत अग्रवाल स्ट्र्याटेजिक एलायन्स एन्ड कम्युनिकेसन्स चेयरमा यश अग्रवाल, र फाइनान्स एन्ड इन्टरनेसनल रिले्सन्स चेयरमा अङ्कुर अग्रवाल चयन भएका छन् । यस्तै को–चेयरहरूमा श्रीमती न्यान्सी अग्रवाल (मेम्बरसिप एन्ड इन्टिग्रेसन), सचेत मानन्धर (स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसन) र श्री चेतन प्रधान (गभर्नमेन्ट एन्ड डिप्लोम्याटिक रिले्सन्स) चयन भएका छन् ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्ल,  नेपाल उद्योग परिसंघका अध्यक्ष बीरेन्द्रराज पाण्डे तथा पूर्वमन्त्री श्री अनिल सिन्हाले साधारण सभाको उदघाटन गरेका थिए । 
सीएनआईवाइईयएफका अध्यक्ष  मनिष श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै युवा उद्यमीहरूको सशक्तीकरणमा मञ्चले खेलेको भूमिकाबारे प्रकाश पारे । सभाा स्टार्टअप चेयर श्चिराग सरावगीले सीएनआईवाइईयफका विगतका गतिविधि तथा उपलब्धिहरूबारे प्रस्तुतीकरण दिएका थिए । 
सो अवसरमा विगत वर्षमा उत्कृष्ट योगदान पु¥याउने सदस्य तथा च्याप्टरहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो । सभामा समिति तथा कार्यक्रमहरूमा सक्रिय सहभागिताका लागि जितेन्द्र बहातीलाई ‘मोस्ट एक्टिभ मेम्बर (पुरुष)’, प्रमुख पहलहरूमा पु¥याएको योगदानका लागि श्रीमती नेहा अग्रवाललाई ‘मोस्ट एक्टिभ मेम्बर (महिला)’, र सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकोमा सुधिज्ञ पन्तलाई ‘आउटस्ट्यान्डिङ एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो। 
यसका साथै, सक्रिय सदस्य विस्तार तथा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरेकोमा सीएनआईवाइईयफ लुम्बिनी च्याप्टरलाई ‘च्याप्टर ग्रोथ अवार्ड’ र उत्कृष्ट कार्यसम्पादनसहित च्याप्टरलाई अनुकरणीय बनाएकोमा सीएनआईवाइईयफ कोशी च्याप्टरलाई ‘च्याप्टर एक्सेलेन्स अवार्ड’ द्वारा सम्मानित गरिएको थियो ।
योजना आयोगका सदस्य डा. पुकार मल्ल, पुर्व मन्त्री अनिल सिन्हा, परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले  नयाँ सञ्चालक समितिलाई पिन लगाइ दिएका थिए । सम्बोधनका क्रममा प्रमुख अतिथि डा. मल्लले उद्यमशीलता विकास सुविधाका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी गराउँदै सीएनआईवाइईयफसँग सहकार्य गरेर अघि बढ्न इच्छुक रहेको बताए  ।  परिसंघका अध्यक्ष पाण्डेले देशको आर्थिक समृद्धिमा सीएनआईवाइईयफको भूमिकाको प्रशंसा गर्दै युवा नेतृत्वलाई हौसला प्रदान गरिनुपर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै