नेभिगेशन
अर्थतन्त्र

आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण

बागलुङ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ) ले एपिआइएनआइसी फाउन्डेसनको उद्धार सहयोगमा बागलुङ जिल्लामा सूचना तथा सञ्चार प्रविधि (आइसिटी) मार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण नामको परियोजना सञ्चालन गरेको छ । 
यो पहलले बागलुङको काठेखोला गाउँपालिका–२, भीमापोखरामा रहेका दुई ग्रामीण विद्यालयमा डिजिटल शिक्षामा दिगो पहुँच प्रदान गर्दै पठनपाठनमा निरन्तर रूपान्तरण ल्याइरहेको छ ।
नेपालको पहाडी भूभागमा रहेका यी विद्यालयहरूले विषम भूगोल र भौगोलिक एकान्तबासका कारण परम्परागत रूपमा गुणस्तरीय शैक्षिक सामग्री र डिजिटल पूर्वाधारमा पहुँच सीमित रहेका समुदायहरूलाई सेवा पु¥याइरहेको बताइएको छ ।  । यस्ता चुनौतीपूर्ण परिस्थितिहरूले गर्दा भरपर्दो इन्टरनेट जडान र सूचना प्रविधिमा आधारित सिकाइ सुविधाहरूको उपलब्धता विद्यार्थी, शिक्षक र समग्र समुदायका लागि विशेष रूपमा महत्वपूर्ण बनेको दावी गरिएको छ ।
यस पहलबाट हाल जनप्रिय आधारभूत विद्यालय र भीमदरबार आधारभूत विद्यालयका १०० जना विद्यार्थी र १९ जना शिक्षक लाभान्वित भइरहेको फाउन्डेसनले उल्लेख गरेको छ । कक्षाकोठामा आधारित सिकाइलाई सहयोग गर्नुका साथै परियोजनाले बाह्य वायरलेस एक्सेस पोइन्टहरूमार्फत इन्टरनेट पहुँचलाई विद्यालयबाहिर पनि विस्तार गरेको छ । परियोजनाले कम्प्युटर, स्मार्ट सिकाइ उपकरण र भरपर्दो इन्टरनेट जडानसहितका आधुनिक हाई–टेक कक्षाकोठाहरू स्थापना गरेको छ, जसले डिजिटल साक्षरतालाई सुदृढ बनाउन, कक्षाकोठामा सहभागिता बढाउन र प्रविधिमा आधारित शिक्षाका लागि समावेशी अवसरहरू सिर्जना गर्न सहयोग पु¥याएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै