सन् २००१ मा स्थापना भएको सिम्रिक एयर नेपालका अग्रणी हेलिकप्टर सेवा प्रदायक कम्पनीहरूमध्ये एक हो । दुई दशकभन्दा बढी समयदेखि सुरक्षित, भरपर्दो र व्यावसायिक हेलिकप्टर सेवा प्रदान गर्दै आएको कम्पनीले विशेषगरी उच्च हिमाली क्षेत्रमा उद्धार सेवामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट पहिचान निर्माण गरेको छ । नेपालको जटिल भौगोलिक अवस्थालाई अवसरका रूपमा रूपान्तरण गर्दै सिम्रिक एयरले पर्यटन, स्वास्थ्य सेवा, व्यवसाय, विपद् व्यवस्थापन तथा मानवीय सहायता अभियानमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ ।
उच्च हिमाली उद्धारमा अन्तर्राष्ट्रिय पहिचान
सिम्रिक एयरको सबैभन्दा ठूलो विशेषता उच्च हिमाली उद्धार (ज्ष्नज ब्तिष्तगमभ च्भकअगभ) मा रहेको दक्षता हो। अमेरिका र स्विट्जरल्यान्डमा प्रशिक्षित उद्धार विशेषज्ञ तथा अनुभवी नेपाली पाइलटहरूको टोली रहेको कम्पनी नेपालमै नेपाली पाइलटमार्फत ‘लङ लाइन’ उद्धार अभियान सञ्चालन गर्ने अग्रणी कम्पनीका रूपमा परिचित छ । यस अत्याधुनिक प्रविधिमार्फत दुर्गम हिमाली क्षेत्रमा फसेका पर्वतारोही तथा पर्यटकको उद्धार, बाह्य कार्गो ढुवानी, उपकरण तथा सामग्री ओसारपसारजस्ता जटिल कार्यहरू सुरक्षित र प्रभावकारी रूपमा सम्पन्न गरिन्छ । यही दक्षताले सिम्रिक एयरलाई नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय उद्धार सेवाको क्षेत्रमा पनि विश्वासिलो नाम बनाएको छ ।
बहुआयामिक हेलिकप्टर सेवा
उद्धार सेवासँगै सिम्रिक एयरले ग्राहकको आवश्यकताअनुसार विविध हवाई सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीका प्रमुख सेवामा हेलिकप्टर चार्टर, मेडिकल इभ्याकुएसन, हिमाली दृश्यावलोकन, व्यवसायिक भ्रमण, धार्मिक तीर्थयात्रा, हेली–स्की, हवाई छायांकन, एरियल तथा सिस्मिक सर्वेक्षण, कार्गो ढुवानी तथा विशेष उद्देश्यका चार्टर सेवा समावेश छन् । नेपालको दुर्गम भूगोलमा तीव्र, सुरक्षित र प्रभावकारी हवाई पहुँच उपलब्ध गराउँदै देशका विभिन्न क्षेत्रलाई सहज रूपमा जोड्नु कम्पनीको प्रमुख उद्देश्य हो।
आधुनिक हेलिकप्टर फ्लीट
सिम्रिक एयरले हाल तीनवटा एयरबस एएस३५० बी३ई (एच१२५) हेलिकप्टर सञ्चालन गरिरहेको छ । सीमित स्थानबाट सहज रूपमा उडान तथा अवतरण गर्न सक्ने, उच्च हिमाली क्षेत्रमा उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्ने तथा प्रतिकूल मौसममा पनि प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने भएकाले यी हेलिकप्टर उद्धार, पर्वतीय उडान, पर्यटन तथा कार्गो ढुवानीका लागि अत्यन्त उपयुक्त मानिन्छन् । यसका साथै कम्पनीले नेपालमै पहिलो पटक बेल ४०७जीएक्सपी हेलिकप्टर सञ्चालनमा ल्याएको छ । उच्च गति, बढी भार बोक्ने क्षमता, फराकिलो क्याबिन, उत्कृष्ट कार्यक्षमता र आरामदायी यात्राका कारण यो हेलिकप्टर बहुउद्देश्यीय अभियानका लागि उपयुक्त मानिन्छ । यसले कम्पनीको सेवा क्षमता थप विस्तार गर्नुका साथै आधुनिक हेलिकप्टर सञ्चालनमा सिम्रिक एयरको अग्रणी भूमिका स्थापित गरेको छ ।
दक्ष जनशक्ति र प्राविधिक क्षमता
सिम्रिक एयर अनुभवी तथा व्यावसायिक व्यवस्थापन समूहद्वारा सञ्चालित कम्पनी हो। कम्पनीसँग हजारौं घण्टाको उडान अनुभव भएका दक्ष पाइलट, अमेरिका, बेलायत तथा रुसमा तालिम प्राप्त इन्जिनियर, अनुभवी प्राविधिक तथा प्रशासनिक जनशक्तिको सक्षम टोली कार्यरत छ । कम्पनीको प्राविधिक टोलीले बेल ४०७जीएक्सपी, एएस३५० बी३ श्रृङ्खला, बीके–११७, एमआई–१७ तथा एमआई–८ लगायतका हेलिकप्टरको लाइन मर्मत तथा ओभरहोलसम्बन्धी दक्षता हासिल गरेको छ । आफ्नै प्राविधिक क्षमताका कारण कम्पनीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार हेलिकप्टरको नियमित निरीक्षण, मर्मतसम्भार तथा सञ्चालन सुनिश्चित गर्दै उच्च सुरक्षा मापदण्ड कायम राखेको छ ।
सुरक्षा पहिलो प्राथमिकता
सिम्रिक एयरको सम्पूर्ण सञ्चालन प्रणालीको आधार ‘सेफ्टी फस्र्ट’ अर्थात् सुरक्षा पहिलो प्राथमिकता भन्ने सिद्धान्त हो । यात्रु, चालकदल, प्राविधिक कर्मचारी तथा साझेदार संस्थाको सुरक्षा कम्पनीका लागि सर्वोच्च प्राथमिकतामा पर्दछ । यसका लागि कम्पनीले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सुरक्षा व्यवस्थापन प्रणाली कार्यान्वयन गरेको छ । नियमित सुरक्षा परीक्षण, जोखिम मूल्यांकन, उपकरणहरूको समयमै निरीक्षण, पाइलट तथा प्राविधिक कर्मचारीका लागि निरन्तर तालिम तथा नियामक निकायले तोकेका सम्पूर्ण सुरक्षा मापदण्डको पूर्ण पालना कम्पनीको नियमित अभ्यास हो । विशेषगरी नेपालको चुनौतीपूर्ण हिमाली भूगोलमा उद्धार तथा विशेष हवाई अभियान सञ्चालन गर्दा सुरक्षा प्रक्रियालाई अझ कडाइका साथ लागू गरिन्छ। यही प्रतिबद्धताले सिम्रिक एयरलाई उच्च हिमाली उद्धार सेवामा विश्वासिलो कम्पनीका रूपमा स्थापित गरेको छ ।
संस्थागत मूल्य र सेवा संस्कृति
सिम्रिक एयरले आफ्नो सम्पूर्ण व्यवसायिक गतिविधिमा इमानदारी, पारदर्शिता, उत्तरदायित्व तथा नैतिक आचरणलाई उच्च प्राथमिकता दिन्छ । कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उड्डयनसम्बन्धी कानुन, नियम तथा नियामकीय मापदण्डको पूर्ण पालना गर्दै निष्पक्ष, जिम्मेवार र व्यावसायिक ढंगले सेवा सञ्चालन गर्दै आएको छ । ग्राहक, कर्मचारी, सरकारी निकाय तथा व्यावसायिक साझेदारसँग विश्वास, सम्मान र उत्तरदायित्वमा आधारित सम्बन्ध विकास गर्नु कम्पनीको संस्थागत संस्कृतिको अभिन्न हिस्सा हो । दीर्घकालीन सफलताको आधार ग्राहकको विश्वास र सेवा गुणस्तर नै भएको कम्पनीकोे विश्वास छ ।
नवप्रवर्तन र सेवा उत्कृष्टताप्रति प्रतिबद्धता
सेवा गुणस्तरलाई निरन्तर सुधार गर्ने उद्देश्यले कम्पनीले आधुनिक हेलिकप्टर, अत्याधुनिक प्रविधि, नवीन उपकरण तथा दक्ष मानव स्रोतमा निरन्तर लगानी गर्दै आएको छ । पाइलट, इन्जिनियर, प्राविधिक तथा व्यवस्थापकीय जनशक्तिको क्षमता अभिवृद्धिका लागि नियमित तालिम तथा व्यावसायिक विकास कार्यक्रम सञ्चालन गरिन्छ । सिम्रिक एयरका लागि उत्कृष्ट सेवा भनेको सुरक्षित उडान, समयपालन, व्यावसायिक व्यवहार, प्रभावकारी सञ्चालन तथा ग्राहक सन्तुष्टिको समग्र संयोजन हो । यही सोचअनुसार कम्पनीले अन्तर्राष्ट्रियस्तरको सेवा गुणस्तर कायम राख्दै आफ्ना सेवालाई अझ प्रभावकारी बनाइरहेको छ ।
दिगो विकास र भविष्यको दृष्टिकोण
सिम्रिक एयरले नेपालको उड्डयन क्षेत्रलाई सुरक्षित, आधुनिक र दिगो बनाउने दीर्घकालीन लक्ष्य लिएको छ। नेपालको दुर्गम बस्ती, हिमाली क्षेत्र तथा तीव्र गतिमा विस्तार भइरहेको पर्यटन उद्योगलाई सहज हवाई पहुँचसँग जोड्दै राष्ट्रिय विकासमा योगदान पु¥याउने कम्पनीको स्पष्ट दृष्टिकोण छ । भविष्यमा सेवा सञ्जाल विस्तार, सञ्चालन दक्षता अभिवृद्धि, सेवा विविधीकरण तथा आवश्यकताअनुसार अन्तर्राष्ट्रिय बजारसँग सहकार्य गर्दै कम्पनीले आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाउने रणनीति अवलम्बन गरेको छ । साथै, वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व तथा दिगो उड्डयन अभ्यासलाई व्यवसायिक रणनीतिको अभिन्न अंगका रूपमा अघि बढाउँदै कम्पनीले प्राकृतिक स्रोत–साधनको जिम्मेवार उपयोग, पर्यटन प्रवद्र्धन, स्वास्थ्य सेवा, विपद् व्यवस्थापन तथा आर्थिक विकासमा सकारात्मक योगदान पु¥याउने लक्ष्य राखेको छ ।
विश्वसनीयताको अर्को नाम
दुई दशकभन्दा बढीको अनुभव, अत्याधुनिक हेलिकप्टर फ्लीट, अन्तर्राष्ट्रियस्तरको सुरक्षा प्रणाली, दक्ष जनशक्ति तथा ग्राहककेन्द्रित सेवाका कारण सिम्रिक एयर आज नेपालको सबैभन्दा प्रतिष्ठित हेलिकप्टर सेवा प्रदायक कम्पनीहरूमध्ये एकका रूपमा स्थापित भएको छ । ‘ह्वेनेभर एण्ड ह्वेरेभर’भन्ने प्रतिबद्धतालाई व्यवहारमा उतार्दै कम्पनी जुनसुकै समय र जुनसुकै स्थानमा सुरक्षित, भरपर्दो, प्रभावकारी तथा गुणस्तरीय हेलिकप्टर सेवा उपलब्ध गराउन सदैव प्रतिबद्ध छ । नेपालको हेलिकप्टर उड्डयन क्षेत्रलाई नयाँ उचाइमा पु¥याउँदै राष्ट्रिय विकासमा थप योगदान पु¥याउने लक्ष्यसहित सिम्रिक एयर भविष्यतर्फ आत्मविश्वासका साथ अघि बढिरहेको छ ।