नेभिगेशन
अर्थतन्त्र

बजाज मोटरसाइकलको मासिक किस्ता घट्यो

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई सहज फाइनान्सिङ सुविधा उपलब्ध गराउन हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँग सहकार्य गर्दै नयाँ ऋण योजना सार्वजनिक गरेको छ । नयाँ योजनाअनुसार अब बजाज मोटरसाइकल खरिद गर्दा अधिकतम ५ वर्ष (६० महिना) सम्म ऋण सुविधा उपलब्ध हुनेछ । यसअघि ३ वर्षसम्म मात्र ऋण पाइने व्यवस्था थियो । ऋण अवधि बढाइएसँगै मासिक किस्ता (ईएमआई) उल्लेख्य रूपमा घट्ने कम्पनीले जनाएको छ । योजनाअन्तर्गत ब्याजदर पनि ९.९९ प्रतिशतबाट घटाएर ८.९९ प्रतिशत कायम गरिएको छ ।

कम्पनीका अनुसार यसले पहिलो पटक मोटरसाइकल खरिद गर्ने युवा, जागिरे तथा मासिक बजेटलाई प्राथमिकता दिने ग्राहकलाई राहत पुग्ने कम्पनीको दाबी छ । यो सुविधा प्लाटिना १०० ईएसदेखि डोमिनार ४००सम्मका सबै बजाज मोटरसाइकलमा लागू हुनेछ । नयाँ व्यवस्थाअनुसार प्लाटिना १०० ईएसको मासिक किस्ता करिब ३ हजार २५५ रुपैयाँबाट घटेर २ हजार १२४ रुपैयाँमा झरेको छ । त्यस्तै, डोमिनार ४०० को मासिक किस्ता ८ हजार २२७ रुपैयाँबाट घटेर ५ हजार ३७० रुपैयाँमा पुगेको कम्पनीले जनाएको छ । पल्सर–१२५, पल्सर एन–१२५, पल्सर–१५०, पल्सर एन–१५०, पल्सर एन–१६०,पल्सर–२२० एफ, पल्सर–२०० एनएस, पल्सर एन–२५० र एनएस–४००जेड लगायत सबै मोडलमा पनि मासिक किस्ता घटाइएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यो सीमित अवधिको छुट योजना नभई ग्राहकको आवश्यकताअनुसार मोटरसाइकल स्वामित्वलाई अझ सहज र पहुँचयोग्य बनाउने दीर्घकालीन फाइनान्सिङ व्यवस्था हो । नेपाल राष्ट्र बैंकको नियमनमा रहेको हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध हुने यो सुविधा देशभर रहेका एचएच बजाजका शोरुमबाट लिन सकिने कम्पनीले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्