नेभिगेशन
अर्थतन्त्र

नेपाल लाइफको प्रथम बिमा शुल्क १३ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रथम बिमा शुल्क (फस्र्ट प्रिमियम इन्कम–एफपीआई) मा १३ अर्ब रुपैयाँभन्दा बढी आर्जन गर्दै नेपालको जीवन बिमा उद्योगमा नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ । कम्पनीले आफ्नो २५ वर्षे गौरवमय यात्रा (सिल्भर जुब्ली) का अवसरमा उक्त उपलब्धि हासिल गरेको जनाएको छ ।

कम्पनीका अनुसार १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बिमा शुल्क आर्जन गर्ने यो उपलब्धि नेपाली जीवन बिमा उद्योगकै पहिलो हो । गत आर्थिक वर्षमा १० अर्ब रुपैयाँ प्रथम बिमा शुल्क संकलन गर्दै बनाएको ऐतिहासिक कीर्तिमानलाई यस वर्ष अझ उचाइमा पु¥याउन कम्पनी सफल भएको जनाएको छ । यस उपलब्धिले नेपाल लाइफलाई जीवन बिमा क्षेत्रमा अग्रणी कम्पनीका रूपमा थप स्थापित गरेको कम्पनीको दाबी छ । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीको सफलतामा योगदान पु¥याउने सञ्चालक समितिका अध्यक्ष तथा सदस्य, बिमित, बिमा अभिकर्ता, कर्मचारी, सेयरधनी, नियामक निकाय तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्। उनले ग्राहकको अटल विश्वास, अभिकर्ताको समर्पण र कर्मचारीको अथक मेहनतका कारण नेपाल लाइफले नेपालको जीवन बिमा इतिहासमा अर्को नयाँ अध्याय थप्न सफल भएको बताए ।

नेपाल लाइफले विगत २५ वर्षदेखि विश्वास, गुणस्तरीय सेवा र उत्कृष्ट कार्यसम्पादनलाई प्राथमिकतामा राख्दै सेवा विस्तार गर्दै आएको जनाएको छ । कम्पनीले आगामी दिनमा पनि प्रविधिमैत्री तथा ग्राहकमैत्री सेवा थप विस्तार गर्ने, नवीन बिमा योजना सार्वजनिक गर्ने, प्रभावकारी लगानी व्यवस्थापनलाई सुदृढ बनाउने तथा कर्मचारी र बिमा अभिकर्ताको क्षमता अभिवृद्धिमा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ । कम्पनीले ‘२५ वर्षको विश्वास, आज १३ अर्बभन्दा बढीको ऐतिहासिक उपलब्धि’लाई आफ्ना ग्राहक, अभिकर्ता, कर्मचारी, सेयरधनी तथा सम्पूर्ण सरोकारवालाको साझा सफलताका रूपमा लिएको जनाएको छ । आगामी दिनमा पनि जीवन बिमा क्षेत्रमा नवीन सेवा, उच्च व्यावसायिक मापदण्ड र उत्कृष्ट ग्राहक सेवामार्फत नेपालको अग्रणी जीवन बिमा कम्पनीका रूपमा आफ्नो नेतृत्व कायम राख्दै नयाँ–नयाँ कीर्तिमान स्थापित गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्