नेभिगेशन
अर्थतन्त्र

एनएमबि बैंक र नागरिक एप इन्टीग्रेसनका लागि सहकार्य

काठमाडौं । डिजिटल बैंकिङलाई अझ सहज र छिटो बनाउनका लागि एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभागसँग सम्झौता गरेको छ । यो नयाँ सहकार्यपछि अब एनएमबि बैंकका ग्राहकहरूले नागरिक एप मार्फत अनलाइन बैंकिङ फर्महरू सजिलै भर्न सक्नेछन् । यो व्यवस्थाले ग्राहकले आफ्नो व्यक्तिगत विवरणहरू बारम्बार हातले टाइप गरिरहनुपर्ने झन्झट हट्ने छ भने कागजी काम कम हुने तथा बैंकको काम सहज र छिटो हुने बैंकको दाबी छ ।

ग्राहकहरूको गोप्य जानकारीको सुरक्षामा पूर्ण ध्यान दिदै, ग्राहकहरू आफैंले आफ्नो नागरिक एपबाट विवरण हेर्ने अनुमति नदिएसम्म बैंकले विवरणहरू हेर्न वा प्रयोग गर्न पाउने छैन । साथै, सबै जानकारी जुन कामका लागि मागिएको हो, त्यसमै मात्र प्रयोग हुनेछ । देशको बढ्दो डिजिटल सार्वजनिक पूर्वाधारलाई (डिजिटर पब्लिक इन्फ्रास्ट्रक्चर) प्रयोग गर्दै नेपालभरिका नागरिकहरूका लागि बैंकिङ  सेवालाई अझ सुरक्षित, सरल र झन्झटमुक्त बनाउने यो एउटा प्रयास भएको बैंकले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्