नेभिगेशन
अर्थतन्त्र

सिद्धार्थ बैंकको ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा लागू

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूको आकस्मिक तथा तत्काल वित्तीय आवश्यकता सहज रूपमा सम्बोधन गर्ने उद्देश्यले ‘सिद्धार्थ गोल्ड लोन’ सेवा सञ्चालनमा ल्याएको छ । नयाँ योजनाअन्तर्गत ग्राहकहरूले आफ्नो सुन तथा सुनका गरगहना धितो राखेर बैंकबाट सहज रूपमा कर्जा प्राप्त गर्न सक्नेछन् ।

बैंकका अनुसार यस योजनाअन्तर्गत ग्राहकले अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा सुविधा लिन सक्नेछन् । धितो राखिएको सुनको मूल्यांकनका आधारमा बैंकले अधिकतम ७५ प्रतिशतसम्म कर्जा प्रवाह गर्ने व्यवस्था गरेको छ । यसले व्यक्तिगत खर्च, व्यवसाय विस्तार, आकस्मिक आर्थिक आवश्यकता वा अन्य वित्तीय प्रयोजनका लागि ग्राहकलाई सहज रूपमा रकम उपलब्ध गराउने बैंकको विश्वास छ ।

बैंकले ग्राहकलाई छिटो, सुरक्षित र भरपर्दो वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ यो सुविधा सञ्चालनमा ल्याएको जनाएको छ । हालका लागि ‘सिद्धार्थ गोल्ड लोन’ सेवा काठमाडौंस्थित सिद्धार्थ बैंकको न्यूरोड गेट शाखाबाट उपलब्ध हुने बैंकले स्पष्ट पारेको छ । आगामी दिनमा ग्राहकको माग र सेवाको प्रभावकारितालाई आधार बनाएर अन्य शाखामा पनि विस्तार गर्ने अपेक्षा गरिएको छ । सिद्धार्थ बैंकले समयानुकूल र ग्राहकमैत्री बैंकिङ सेवा विस्तारलाई प्राथमिकतामा राख्दै विभिन्न निक्षेप, कर्जा तथा डिजिटल बैंकिङ सेवाहरू सञ्चालन गर्दै आएको छ । ‘सिद्धार्थ गोल्ड लोन’ पनि ग्राहकको आवश्यकतालाई केन्द्रमा राखेर ल्याइएको नयाँ कर्जा उत्पादन भएको बैंकको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्